भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

भीमेश्वर शिलामा पसिना

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । आज दिउँसो १.४७ देखि ३.५१ सम्म पसिना आएको स्थानीय  सञ्चारकर्मी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय श्रेष्ठकाअनुसार शुरुमा शिलाको बायाँबाट पसिना आएको थियो । करिब आधाघण्टा पसिना आउन रोकियो । फेरि शिलाको दाँयाबाँया सबैतिरबाट पसिना आएको हो ।
शीलामा पसिना आएको जानकारी पाएसंगै स्थानीयवासी भेला भएर घण्ट, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस भनेर कामना गरिएको छ । पसिना आएको खबरसंगै जिल्ला प्रशासन,जनप्रतिनिधि,प्रहरी,नेपालीसेना,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो
भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ ।
शिलामा आएको पसिना कपासले पुछ्ने र पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखका रुपमा पठाउने प्रचलन रहेको छ । यता सर्वसाधरणले पनि पसिना पुछिएको कपास राख्दा रोगब्याधी नलाग्ने,इच्छासिद्ध हुने जनविश्वास रहेको पाइन्छ ।
स्थानीयका अनुसार दोलखा भीमेश्वरको शिलामा वि.सं १९९०,१९९७, २००७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५, २०४६, २०५७, २०६१, २०७०,२०७८ र अहिले २०८१ साउन ५ गते आएको हो ।
नेपालमा १९९० सालको भुकम्प,समयसमयका राजनीतिक परिवर्तन,राजा विरेन्द्रको वंश विनास,२०७२ को विनासकारी भुकम्प अगाडि पनि भीमेश्वरको शिलामा पसिना आएको स्थानीयको भनाइ छ ।
शीलाको दायाँ पट्टिबाट पसिना आउँदा राजा पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाईअनिष्ट हुने जनविश्वास रहदै आएको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.