दोलखाका कुन्दनराज काफ्ले वागमती प्रदेश मन्त्री
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
वागमती प्रदेश सांसद कुन्दनराज काफ्ले बागमती प्रदेश सरकारको मन्त्री वन्नु भएको छ । दोलखाको क्षेत्र नम्वर १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचत सांसद काफ्लेले प्रदेश मन्त्रीको शपथ लिनु भएको हो । उहाँलाई मन्त्रीको सपथ ग्रहण गराइएपनि मन्त्रालयको भने टुङ्गो लाग्न नसकेको बताइएको छ । दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्वर १ मा जन्मिनु भएका काफ्ले प्रदेशसभामो लोकप्रिय र जुझारु युवा नेताका रुपमा परिचित रहनुभएको छ ।
काफ्लेसंगै बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेकपा एमालेका ६ र नेपाली कांग्रेसका ३ जना मन्त्रीले शपथ लिएका छन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपक्षी, किरण थापाले स्वास्थ्य, कृष्ण सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकास र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थनमा लामा हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...