भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै तीन पटक पसिना आएपछि राष्ट्रको तर्फबाट र जनताको तर्फबाट क्षमा पूजा गरिने दोलखा भीमेश्वर गुुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बिहान ७ बजे राष्ट्रको तर्फबाट राष्टिपतिको कार्यालयका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र जनताको तर्फबाट जनप्रतिनिधि र गुुठी व्यवस्थापन समितिका पदाधिकारीबाट क्षमा पुजा गर्ने तयारी भई रहेको छ ।
भीमेश्वर मन्दिरको शिलामा गत शनिबार दुई पटक र बुधबार एक पटक गरि एक हप्तामानै तीन पटक पसिना आएको थियो । भीमेश्वरको शिलामा दायाँपट्टि पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बायाँपट्टि पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ । शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने स्थानीय ज्येष्ठ नागरिकहरुको भनाई छ । शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखलाई पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन रहेको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...