कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
साउन १०
दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक गाँउपालिका वडा नम्वर ६ लापिलाङ स्थित पाटागाउँकी ७५ वर्षीय पदमकुमारी सुनुवारको हत्यामा संलग्न एक युवक जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार कालिञ्चोक गाउँपालिका वडा नम्वर ४ का २३ वर्षीय विक्रम कार्कीले हत्या गरेका हुन् । हत्या गरेर फरार रहेका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
गत बुधबार वैदेशिक रोजगारी दुवइ जानका लागि परीक्षा दिएर काठमाण्डौँबाट घर आएका कार्की हिड्दै घर जानेक्रममा सुनुवारको घरमा बास बस्न पुगेका थिए । कार्कीलाई सुनुवारले बास दिएसँगै खाना खुवाएर भान्छा कोठामा सुताइन र आफू बैठक कोठामा सुतेकी थिइन् । सुनुवार निदाएपछि कार्कीले कोठाको चुकुल फोरी खुकुरी प्रहार गरेर सुनुवारको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक खड्काले वताउनुभयो ।
उहाँका अनुसार सुनुवारसँग रकम भएको थाहा पाएपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । सुनुवारको हत्यापछि फरार रहेका कार्कीलाई प्रहरीले ११ गते प्रकाउ गरेको थियो । प्रहरीले जिल्ला अदालत दोलखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...