शिक्षा क्षेत्रमा सुधार लागि शिक्षक संगठनको अभियान
7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
स्वच्छ शैक्षिक वातावरणको माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाले शिक्षा विकास तथा समन्वय इकाइ दोलखामा ज्ञापन पत्र बुझाएको छ । नेपाली शिक्षकमाथि चौतर्फी दमन बढ्दै गएको भन्दै सौहार्दपूर्ण वातावरणमा पठनपाठनको वातावरण व्यवस्थापनका लागि स्थानीय र केन्द्र सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाइएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाका अध्यक्ष सञ्जय खड्काले बताउनुभयो ।
आस्थाका आधारमा स्थानीय सरकारले शिक्षक माथि विभेद गरेको,सरुवा पारदर्शी नभएको ,संघीय ऐनसंग बाझिने गरी बनाइएको प्रअ छनौट कार्यविधि खारेज गर्नुृपर्ने,विभिन्न वहानामा शिक्षकलाई वारम्वर त्रसित वनाउने काम वन्द गरी स्वच्छ वातावरणमा कक्षा कोठामा जाने वातारवरण बनाउन ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।
स्थानीय सरकारको योजना बनाउँदा शिक्षकका पेसागत संघसस्थालाई आवद्ध गरिनुपर्ने,गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय लगानी,संघीय शिक्षा ऐन यथाशीघ्र जारी गरिनुपर्ने लगायतका माग समेटिएको जनाइएको छ ।
यसैगरी सङ्घीय शिक्षा ऐन यथासिघ्र जारी गर्नुपर्ने, शिक्षक अस्पतालको प्रबन्ध गर्नुपर्ने, माध्यमिक तहसम्मको शिक्षा पूर्ण निशुल्क,निवृत्तिभरण बन्चित शिक्षकहरूलाई निवृत्तिभरणको व्यवस्था, शिक्षक र नेपाल सरकारका सेना, प्रहरी र कर्मचारी बिच भएको ग्रेड तथा तलबमान विभेदीकरण अन्त्य गर्नुपर्ने र प्रधानाध्यापकको भत्तालाई समय सापेक्ष वनाइनुपर्ने लगायतका राष्ट्रिय माग रहेको ज्ञापनपत्र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिका अध्यक्ष सञ्जय खड्का,उपाध्यक्ष किशोर दहाल,महिला उपाध्यक्ष विमला दुलाल लगायत जिल्ला समितिका पदाधिकारीले शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।
यस अगाडि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिका लगायत जिल्लाका सबै स्थानीय तहमा शिक्षा क्षेत्रलाई गम्भीर रुपमा नलिएकोले जिम्मेवार बनाउन ध्यानाकर्षण गराएको थियो । आगामी साउन ३२ गते प्रदेशमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रिय समितिको निर्णय रहेको छ ।
खड्का
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...