भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

भीमेश्वर नगरपालिकाले “उर्जा प्रभावकारी भवन निर्माण स्वीकृति सम्बन्धी कार्यविधि, २०८१” पारित गरेको छ । नगरपालिका भित्र सुरक्षित र आरामदायी भवन निर्माणका लागि नगरपालिकाको २५औ कार्यपालिका बैठकले कार्यविधि पारित गरी लागू गरेको हो ।

भीमेश्वर नगरपालिका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका प्रमुख ई. सुरेश राउतका अनुसार ताप,हावा र उज्यालोको संयोजन मिलाएर भवन निर्माण गर्दा स्वास्थ्यमा लाभ हुनुका साथै घर निर्माणपछि उर्जा खपतमा कमी आउने छ  । कार्यविधि कार्यान्वयनका सन्दर्भमा उहाँले भन्नुभयो,“हामी औषत ९० प्रतिशत समय घरभित्र हुन्छौं । ताप, हावा र उज्यालोको हिसावले अब घर सुरक्षित मात्र होइन आरामदायी हुनु जरुरी छ । । ढलान घर भए पुग्ने मान्यताले हाम्रो परम्परागत आरामदायी घरको अवयवहरु भुल्दै गयौं । यी ढलान घरहरु गर्मीमा झन गर्मी अनि जाडोमा झन जाडो हुदै छन् । अव हामीले भवन निर्माण गर्दा ध्यान पु¥याउन आवश्यक छ । गर्मी होस या जाडो हामी वातावरण अनुकुलमा रहन सक्ने छौं ।”

ई.  राउतका अनुसारनयाँ घरलाई डिजाइनको चरणमा नै घरको स्थान अनुसारको ओरिन्टेसन, झ्यालरढोकाको साइज, गारो, छानो, छज्जा लगायत सुधार गर्दा ४० प्रतिशत  उर्जा प्रभावकारी बनाउन सकिने छ । प्रयोग गरिसकेका पुराना भवनलाई पनि आरामदायी बनाउन उर्जा रेक्ट्रोफिट गर्न सकिने छ।

युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित स्वीच एसिया कार्यक्रमको अन्तर्गत बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (द्यभ्भ्ल्) परियोजनाको प्राविधिक सहयोगमा  कार्यविधि २०८१ तयार पारिएको तयार पारिएको भीमेश्वर नगरपालिकाले जनाएको छ । कार्यविधि कार्यान्वयनका लागि भीमेश्वर नगरपालिकाले नगरका प्राविधिक र नक्सा बनाउने परामर्श दाताहरुलाई ३ दिने तालिमको समेत आयोजना गरेको छ । तालिम कार्यक्रमको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले तालिमले भीमेश्वर नगरपालिकाका भवनहरु स्थानीय जलवायु अनुरुप बनाउन सहयोग पुग्ने र पर्यटन विकासलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिका उपमेयर कमला बस्नेतले समापन सत्रलाई सम्बोधन गर्दै तालिमले न्यून कार्वन उत्सर्जन तथा जलवायु अनुकूलनमा जोड दिने गरी भवन निर्माण गरी राष्ट्रिय भवन संहिता थप प्रभावकारी कार्यन्वयनका लागि मद्दत पुग्ने बताउनु भयो । नगरपालिकाले पहिलो चरणमा सरकारी तथा सार्वजनिक भवन,दोस्रो चरणमा व्यावसायिक भवन र तेस्रो चरणमा निजी आवासीय भवनबाट काम शुरु गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.