भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम

6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा कंक्रिट व्लकको गुणस्तर सुधार सम्बन्धी ३ दिने तालिमको आयोजना गरिएको छ । सुरक्षित र आरामदायी घर निर्माणका लागि होलो कंक्रिट ब्लकको गुणस्तर सुधार तालिमको आयोजना गरिएको तालिम कार्यक्रमका संयोजक इन्जिनियर राजु शिवाकोटीको भनाइ छ ।

नगरपालिकाभित्र घर सुरक्षित मात्र नभई अब आरामदायी भवन निर्माण गर्नु जरुरी भएकोले तालिमको आवश्यकता महशुस गरिएको भीमेश्वर नगरपालिका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका प्रमुख ई. सुरेश राउतले बताउनुभयो । “भवनको निर्माण गर्दा शुरुमा त्यसको “ओरिन्टेसन“ र मूलतः बाहिरी आवरणले कति आरामदायी हुनसक्छ भन्ने निर्धारण हुन्छ । त्यसमा पनि भिता (वाल) कुन निर्माण सामग्रीबाट लगाइने हो सो को भूमिका महत्वपूर्ण हुन्छ । यसैकारण गुणस्तरयुक्त होलो कन्क्रिट ब्लक (ज्यिियध ऋयलअचभतभ द्ययिअप, ज्ऋद्य) हाम्रो जस्तो सामाजिक–आर्थिक पृष्ठभूमिमा आरामदायी भवन निर्माणमा उपयुक्त विकल्प हो ।” इन्जिनियर राउतले भन्नुभयो ।
यस अघि नितिगतरुपमा नै नगरपालिकाको २५औ कार्यपालिका बैठकले “उर्जा प्रभावकारी भवन निर्माण कार्यविधि“ पारित गरी लागू गरिसकेको छ । कार्यविधि कार्यान्वयन गर्न नक्सापासमा मात्र नभई भवन निर्माण कै अवस्थामा कार्यान्वयन गर्न यो तालिम कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

भीमेश्वर नगरपालिका र विनको आयोजनामा कमलामाइ नगरपालिका सिन्धुली,मन्थली नगरपालिका रामेछाप,वाहविसे नगरपालिका सिन्धुपाल्चोक र भीमेश्वर नगरपालिकाका ११ जना उत्पादकहरुलाई कंक्रिट ब्लकको गुणस्तर सुधारका लागि तालिम कार्याक्रमाको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिम कार्यक्रम अन्तरत व्लक उत्पादन गर्ने कारखानामा नै पुगेर प्रयोगात्मक अध्यास समेत गराइएको थियो । तालिम कार्यक्रम भाद्र २० देखि २२ गतेसम्म सञ्चालन भएको हो ।
यस अगाडि नगरपालिका भीमेश्वर नगरपालिकाले “उर्जा प्रभावकारी भवन निर्माण स्वीकृति सम्बन्धी कार्यविधि, २०८१” पारित गरेको छ ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.