साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ । कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको कालिनाग युवाक्लवको आयोजनामा तीज विशेष लोकगीत प्रतियोगिताको आयोजना गरेको हो ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवदुर्गा आमा समूह प्रथम,रहेलथलो सामुदायिक वन समूह द्वितीय,हनुमन्तेश्वर आमा समूह तृतीय र सुन्द्रावती आमा सञ्जालले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ ।
मौलिक लोक परम्परा र साँस्कृतिक एकताको अभ्यासका लागि कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष शैलेशबाबु आचार्यले बताउनुभयो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी,वडा नं ८ का वडाध्यक्ष बालकृष्ण आचार्य,वडा नं ७ का वडाध्यक्ष राम पाण्डे लगायतले शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति जोगाउन युवा क्लवले खेलेको भूमिकाको प्रसंसा गर्नुभएको थियो ।
लोकगीत प्रतियोगितामा डम्बर थामी,शिव बहादुर शिवाकोटी र अनिता बस्नेतले निर्णायकको भूििमका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा कालिञ्चोक गाउँपालिका वडा नं ७,८र ९ का ८ समूहले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विभिन्नन सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत ब्रतालु महिलाको उल्लासमय उपस्थिति रहेको आयोजकले जनाएको छ ।
वि.सं २०५० सालमा स्थापना भएको कालिनाग युवाक्लबले सुनखानीको कला,साहित्य र संस्कृतिको संरक्षणसहित विभिन्न सामाजिक अभियानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राउत गाउँको रायोको साग
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...