भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय दोलखाको आयोजना, भीमेश्वर नगरपालिका दोलखा, एएसवि, रिड नेपालको समन्वय, नेपाल रेडक्रस सोसाइटी दोलखाको सहकार्यमा तालिमा सुरु भएको हो । तालिममा भीमेश्वर नगरपालिका प्रत्येक वडाबाट दुइ दुई जना सहित अन्य नागरिक गरि ४० जनाको सहभागिता रहेको छ ।
तालिमका सहभागीहरुलाई प्राथमिक उपचारसहित विपदको समयमा खोज तथा उद्धारको समयमा अपनाउनु पर्ने कार्य, प्रक्रिया र आवश्यकता विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । शसस्त्र प्रहरी बल दोलखाका प्रहरी नायव उपरीक्षक शम्भु विक्रम शाह,भीमेश्वर नगरपालिकाका इन्जिीनियर सुरेश राउत, रिड नेपालका थिर बहादुर खड्का लगायतले सहजीकरण गरिरहनु भएको छ ।


गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधीस माधव प्रसाद सुवेदी,भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नविन लामा, नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति इश्वरी प्रसाद दाहाल,पुस्तकालयका सचिव नवराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अवशर पारेर गौरीशंकर पुस्तकालय दोलखाले प्रकाशन गरेको गौरीशंकर विम्ब नामक पुस्तक समेत विमोचन गरिएको छ ।
वि.स.२०६० सालमा स्थापना भएको पुस्तकालयले पठन संस्कृतिको विकासमा टेवा दिनुका साथै समूदायमा आधारित खोज तथा उद्धार,सिपमूलक र आयमूलक तालिम,महिला शसक्तीकरण,अपाङ्गता भएका व्यक्तिको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको पुस्तकालयले जनाएको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.