भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले शुरु गरेको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका खाद्यन्न तथा पेय पदार्थ भेटिएको हो ।
दशैँ तिहार जस्ता चाडपर्वमा अत्यधिक खपत हुने कोकाकोला,फेन्टा, स्प्राईट, ड्यु,, पेप्सी, लगायतका पेय पदार्थ सहित खाद्यन्न सामग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार म्याद गुज्रिएको अवस्थामा भेटिएका पेय पदार्थ सम्बन्धित पसलमै सिल नखोली नष्ट गरिएको छ । त्यसैगरी म्याद गुज्रिएका अवस्था बजारमा विक्रि वितरण भई रहेका,चिउरा,मसला, चियापत्ति, मुराई, पानीपूरी मसला, पापड लगायतका बस्तुहरु जफत गरिएको हो । अनुगमनको क्रममा कतिपय पसलमा म्याद गुज्रिएका सामान राखिएको,नगरपालिकामा व्यवसाय दर्ता नभएको, साईनबोर्ड नभएको, मुल्यसूची नभएको जस्ता समस्या देखिएको छ । पहिलो पटकका लागि म्याद गुज्रिएका सामान जफत गरेर सचेत गराईएको र तोकिएको समयभित्र निर्देशन गरिएका काम नभएका पुनः अनुगमन गरेर कानुन बमोजिम कारबाही गरिने नगरपालिकाको बजार अनुगमन समितिले जनाएको छ ।
चाडपर्वको बेला व्यापारीले अस्वस्थकर खानेकुरा बेच्न सक्ने जोखिम धेरै रहेकोले कडाईका साथ बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । सोमबार चरिकोटका आधा दर्जन बढी पसलको अनुगमन गरिएको छ । अनुगमनमा भीमेश्वर नगरपालिका अनुगमन समितिका संयोजक कमला बस्नेत, निरीक्षण अधिकृत माधव प्रसाद सुवेदी, प्रहरी प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...