केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा, थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
वर्षाको सम्भावना भएसंगै धान बाली केही दिनको लागि नकाट्न र काटेको धान सुरक्षित स्थानमा राख्नसमेत आग्रह गरेको छ ।
नगरपालिकाको मौसमपूर्वानुमान बुलेटिमा नगरका वडा नं १,४,५,७ र ८ अन्तरगत कुथली क्षेत्र,रामकोट क्षेत्र,चर्नावती आसपास,बोसिम्पा,पानीघाट देउराली सडक खण्ड र चरिकोट सडक खण्डमा जोखिम हुन सक्ने बताएको छ ।
मध्यम प्रभाव पार्ने वर्षा हुने सम्भावना उच्च रहेकोले सतर्क रहनुहोला साथै जल तथा मौसम विभागबाट जारी गरिने सबैभन्दा पछिल्लो मौसम पूर्वानुमान सूचनाका बारेमा जानकारी लिन समेत नगरपालिका वुलेटिन मार्फत अनुरोध गरिएको छ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ९ गते बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । यस दिन सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...