जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले ३२ औँ स्थापना दिवसको अवसरमा संस्थाले जिल्लामा रहेका गौरीशङ्कर बालगृह र स्नेह केन्द्रलाई सहयोग हस्तान्तरण गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष गोपालध्वज श्रेष्ठ,कोषाध्यक्ष भरत दहाल,प्रमुख कार्यकारी अधिकृत नवराज दहाल लगायत संस्थाका सल्लाहकार तथा अन्य पदाधिकारीको उपस्थितिमा संस्थामा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ । सहकारीले सामाजिक सद्भावना कार्यक्रम अन्तरगत यो वर्षको स्थापना दिवसमा सहयोगका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
२०५० सालमा स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ३१ वर्ष सफलतापुर्वक पुरा गरेर ३२ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज मानव सेवामा समर्पित संस्थालाई सहयोग गरेको हो ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्था साविक काब्रे गा.वि.स.मा रहेको हनुमन्तेश्वर मा.वि.का प्रधानाध्यापक रहनु भएका यज्ञराज ढुंगेलको अगुवाईमा २०५० साल आश्विन २२ गते शिक्षक, कर्मचारी, समाजसेवी, किसान, व्यापारी तथा सामाजिक अभियन्ताहरु समेत ३४ जना मिलेर यो संस्थाको स्थापना गरिएको हो । आश्विन २२ गते स्थापना गरिएको संस्थाले ३१ वर्ष पुरा गरेको छ ।
स्थानीय जनताहरुका आर्थिक र सामाजिक स्तर अभिवृद्धि गर्ने उद्देश्यबाट प्रेरित भएर स्थापना गरेको जनसचेतन सहकारीले तत्कालीन काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी गा.वि.समा कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरेको थियो । .सहकारीले अहिले दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा समेत सेवा केन्द्र सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ । भसंस्थाको मुख्य कार्यालय वैतेश्वर गा.पा. वडा नं. ५, मैनापोखरी बजारमा आफ्नै सुविधासम्पन्न आधुनिक भवनमा रहेको छ । संस्थाले मुख्य कार्यालय बाहेक विभिन्न क्षेत्रहरुमा थप १६ वटा सदस्य मैत्री सेवाकेन्द्रहरु स्थापना गरी सदस्यहरुलाई स्थानीय स्तरमा नै सेवाहरु प्रदान गरिरहेको छ । संस्थामा करिब ४० हजारको सङ्ख्यामा शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...