भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता

2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

मंसिर १४
कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको भीमेश्वर नगरपालिका ७ मकैबारीमा रहेको विज्ञान विषय उपसमितिको आयोजना तथा विज्ञान तथा प्रविधि क्लबको व्यवस्थापन र विद्यालयको समन्वयमा भएको कार्यक्रममा महेन्द्रदयो माध्यमिक विद्यालय माटी प्रथम,कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट द्वितीय र मोर्डन नेपाल स्कुल तृतीय हुन सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाईँले बताउनुभयो । भीमेश्वर नगरपालिका अन्तरगतका माध्यमिक विद्यालय स्तरीय प्रतियोगीताका विजयी प्रथम, द्वितीय र तृतीय प्रतियोगीहरुलाई क्रमश नगद ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँसहित प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा भीमेश्वर नगरपालिकाका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयमा गठन भएको विज्ञान विषय उपसमितिका संयोजक धुव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठ,भीमेश्वर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष विनोद तमाङ र भीमेश्वर नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति सुन्दर खड्काले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.