वडाध्यक्षको मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो ।
भीमेश्वर नगरपालिका वडा ५का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले शिविर सफलताको शुभकामनासहित उदाहरणीय कार्यको प्रंससा गर्नुभएको थियो ।
वडामा निर्वाचित भएको पहिलो वर्ष जेष्ठनागरिकको भ्रमण र दोस्रो वर्ष विद्यालयका बालबालिकालाई राष्ट्रका विशिष्ट व्यक्तिसंग भेटघाटको कार्यक्रम सञ्चालन गर्नुभएका वडाध्यक्ष श्रेष्ठले यो वर्ष बालबालिकाको स्वास्थ्य उपचार गर्न लाग्नु भएको बताउनुभएको छ ।
बुढाभीमसेन माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविर कार्यक्रममा ३ सय ५० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये आधाभन्दा बढी बालबालिकाको दाँतको समस्या देखिएको र केही बालबालिको आँखाको समेत समस्या देखिएकोले आँखा र दाँतको आवश्यक उपचार र चश्मासहितको व्यवस्थापन खर्च व्यवस्थापन गर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
भीमेश्वर नगरपालिका वडा नम्वर ५ वडा कार्यालयको आयोजमा भएको निःशुल्क शिविरमा धुलिखेल अस्पतालका डाक्टर अञ्जली दास, दोलखा लाइन्स क्लबका समता श्रेष्ठ, धुलिखेल अस्पतालका फिजियोथेरापिष्ट निरूपमा सिंह, ल्याब असिष्टेन्ट नन्दुकी घिसिङ, अनमी कमला सुवेदीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
शिविरमा धुलिखेल अस्पताल दोलखा,दोलखा लायन्स सर्जिकल आइ सेन्टर र नेपाल रेडक्रश सोसाइटी दोलखा शाखाको सहआयोजना रहेको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...