गौरीशङ्कर क्याम्पसमा विद्यार्थीका लागि नृत्य कक्षा सञ्चालन
7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर क्याम्पस चरिकोट दोलखाका विद्यार्थीका लागि नृत्य कक्षा सञ्चालन गरिएको छ । जिल्ला सदरमुकाम चरिकोटमा रहेको क्याम्पसले विद्यार्थीको रुचि अनुसार नृत्य कक्षा सञ्चालन गरेको हो।
क्याम्पसले विद्यार्थीको पठनपाठनसंगै रुचिका क्षेत्र पहिचान गरी जीवनलाई उपयोगी बनाउने अतिरिक्त सिप अन्तरगत यो पटक नृत्य कक्षा सञ्चालन गरेकोे क्याम्पस प्रमुख शान्त केसीको भनाइ छ ।
क्याम्पसकै विद्यार्थीले सहजीकरण गर्ने नृत्य कक्षामा क्याम्पसका ६० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।
क्याम्पसले गत वर्ष फारम भरेरै रुचिको पहिचान अभियान चलाएको थियो । कला सिप अन्तर्गत ,गायन,नृत्य,वाद्यवादन,आर्ट र अभिनय रहेका थिए भने खेल समूह अन्तरगत भलिबल, फुटबल, टेबलटेनिस, व्याडमेन्टन,चेस,क्रिकेट,दौड,छेलो,ज्याम्लिन थ्रो, कवड्डि तालिममा विद्यार्थीले रुचि देखाएका थिए ।
क्याम्पसले जीवनोपयोगी सिप अन्तरगत वक्तृत्व तथा उद्घोषण,आधारभूत कम्प्युटर तालिम,ग्राफ्रिक डिजाइन,सिलाइ बुनाइ,फोटोग्राफी,अटोमोवाइल, व्युटीपार्लर,लोकसेवा तयारी लगायतका दर्जनौं सिपहरुको व्यवस्थापन गर्दै आएको क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँलले बताउनु भयो । क्याम्पसले यस अगाडि ग्राफिक डिजाइन तथा उद्यमशीलता विकास सम्बन्धी तालिम,उद्घोषण कला,कम्प्युटर सम्बन्धी तालिम प्रदान गरेको थियो ।
क्याम्पसमा कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा विएड,विविएस र विए एवं स्नातकोक्तर तहमा एमएड र एमविएस कार्यत्रम सञ्चालन भइरहेका छन् ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...