सार्वजनिक महत्वका प्रस्ताव पारित गर्दै एमाले दोलखाको बैठक सम्पन्न
7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले, जिल्ला कमिटी दोलखाको पाचौं पूर्ण बैठकले सार्वजनिक महत्वका प्रस्तावहरु परित गर्दै बैठक सम्पन्न गरेको छ । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित बैठकले ’समृद्ध दोलखा¸ सुखी दोलखाली’को आकांक्षा पूरा गर्ने प्रतिबद्धता गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
२ दिनसम्म सञ्चालन भएको वैठकले युवा रोजगार,खानी सञ्चालन तथा उद्यम विकास,जल विद्युत उत्पादन तथा व्यवस्थापन र शैक्षिक गुणस्तरलाई विशेष प्राथमिकतामा राखेर १९ बुँदै प्रतिवद्धताका जारी गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख हरि वलीले सार्वजनिक गर्नुभएको थियो ।
बैठकले मुलुकमै रोजगार र अवसर सृजना गरेर युवालाई विदेश पलायन हुनबाट रोक्न सरकारसँग जोडदार माग गरेको छ भने दोलखा जिल्लालाई ’हाइड्रो हव’ को रूपमा विकास गर्न लगानीमैत्री वातावरण बनाउने र हाइड्रोपावर आयोजनाहरूलाई दोलखाली जनताको हितमा सञ्चालन गराउनका लागि अभियान शुरू गने विषयलाई महत्व दिएको छ ।
खरिढुङ्गा म्याग्नेसाइट उद्योग सञ्चालन गर्नसमेत बैठकले माग गरेको छ । । यता विगुको आलम्पुमा रहेको स्लेट ढुङ्गा खानी सञ्चालन गौरीशंकर संरक्षण क्षेत्रको ध्यानाकर्षण गराउने निर्णय बैठकले पारित गरेको छ ।
प्रस्तावित फिल्मसिटी खरिढुङ्गाको डाङडुङे डाँडामा निर्माण गर्ने कार्य यथाशीघ्र सञ्चालन गर्नु पर्ने,जनताको स्वामित्व र सेयर सुनिश्चित गरेर स्थानीयबासीलाई रोजगार लगायत अन्य सेवासुविधाहरु प्रदान गर्दै पारदर्शी ढंगले काम अगाडी बढाउन माग गर्नेसमेत बैठकले निर्णय गरेको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयलाई आवाशीय रुपमा एकीकृत गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षाको माग गरेको छ भने वन्यजन्तु (बाँदर¸ दुम्सी) लगायतले गरिरहेको वाली नोक्सानी समस्याहरु समाधान गर्दै उचित क्षतिपुर्ती र अनुदानको न्यायोचित वितरण गरेर उत्पादन क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गर्ने लगायतका निर्णय पारित गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटि दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चाज पार्वत गुरूङले सम्बोधन गर्नु भएको थियो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार डबल पाण्डे, बागमती प्रदेश सभा सदस्य भरत केसी,नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर,सचिव स्वयम बहादुर खड्का,उपसचिव कमला बस्नेत,वागमती प्रदेश कमिटि पदाधिकारी,जिल्ला कमिटिका पदाधिकारी तथा जिल्लाका पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...