भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

सुनखानीको वाणारसी धाममा सामुहिक श्राद्ध

3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको सुनखानीमा रहेको पवित्र वाणारसी धाममा आज सामुहिक तीर्थ श्राद्ध गरिएको छ । समाज विकास प्रतिष्ठानको आयोजनामा आज सोमबार पौषे औसीको अवशरमा सामुहिक श्राद्ध गरिएको हो । धर्म,संस्कार, परम्परा र रितिरिवाज संरक्षण तथा पितृ उद्दार एवम मोक्षका लागि सामुहिक तीर्थ श्राद्धको आयोजना गरिएको समाज विकास प्रतिष्ठानका उपाध्यक्ष शिवहरि शिवाकोटीले बताउनुभयो ।
समाज विकास प्रतिष्ठानमा १ सय ४१ सदस्य रहेका छन् । प्रत्येक सदस्यका पितृहरुको नाममा प्रतिष्ठानका अग्रज पुस्ताले अर्पण दिँदै सामुहिक श्राद्ध गर्ने प्रचलन रहेको प्रतिष्ठानले जनाएको छ ।पवित्र धार्मिक स्थल वाणारसी धाममा श्राद्ध सम्पन्न भएपछि सामुहिक पितृ प्रसाद ग्रहण गरिएको थियो ।

दोलखा सिगटी सडकसंगै जोडिएको कालिञ्चोक गाउँपालिका वडा नं ८ सोती वाणारसी सामुदायिक वन क्षेत्रमा रहेको पवित्र धार्मिक स्थल वाणारसीमा प्रत्येक १२ वर्षमा गोदावरी मेला लाग्ने गरेको प्रतिष्ठानका अगुवा शिवहरि शिवाकोटीको भनाइ छ । साविक सुनखानी (हालको वडा नं ७,८र ९) का स्थानीय समाज विकास प्रतिष्ठानमा जोडिएका छन् ।


अगुवा शिवाकोटीका अनुसार पहरा अन्तर भागबाट निस्किएको पानी वर्षभरि नै तातोपानी रहने पवित्र कुण्ड यहाँको महत्वपूर्ण विशेषता रहेको छ भने विभिन्न देवी देवताका निक्कै पुराना मूर्तीहरु रहेका छन् । आगामी २०८४ सालमा पर्ने वाणारसी गोदावरी मेलाका लागि १०८ धारा निर्माणको योजना समेत रहेको छ । यहाँ निक्कै ठूलो र पुरानो डुम्रीको रुख पहरोको फेद देखि सडकसम्म फैलिएको छ ।

वाणारसी धामलाई व्यवस्थित गर्न वडाले प्रयास गरेपनि प्रर्याप्त नभएको स्थानीयको भनाइ छ । समाज विकास प्रतिष्ठानले धर्म,संस्कृति संरक्षणसंगै आगलागी पिडीतलाई सयोग, विद्यार्थी छात्रवृत्ति लगायतका विभिन्न सामाजिक काम गर्दै आएकोसमेत जनाएको छ ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.