भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

भ्रमण डायरीः विरोध तमाङ

3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

२०८१ साल पौष १३–१५ गते राइजिङ स्टार स्कुल चरिकोट,दोलखाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक भ्रमण सम्पन्न भएको छ । तराईका विभिन्न प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरुको अवलोकनसहित भ्रमण सम्पन्न भएको हो । Once a wise man said, æTravelling is the greatest form of learning यसै उक्तिलाई चरितार्थ गर्दै विद्यार्थीहरुले भ्रमणको क्रममा धेरै कुराहरु अवलोकन गरे, सिके र स्मृतिमा संगालेर फर्के ।


भ्रमणको दौरान पहिलो दिन हामीले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिकामा अवस्थित सहिद पार्कको अवलोकन गर्यौँ । अवलोकनको क्रममा सहिद पार्क परिसरमा हाम्रा विद्यार्थीहरुले सहिद स्मारक र सहिदका प्रतिमुर्तिहरु नियाले र उनीहरुको योगदानको सम्बन्धमा शीलालेखमा चर्चा गरेका कुराहरु अध्ययन गरे । उक्त दिन साँझ हामी सौराहा, चितवनमा बास बस्यौँ । बेलुकाको समय हामीले थारू सांस्कृतिक नाच (लाठी, मयुर, अग्नि, र ताली) ग¥यौ । आदिवासी थारू समूदायको भाषा, संस्कृति र परम्परालाई प्रत्यक्ष सात्क्षात्कार गर्ने मौका पाया।


दोस्रो दिन सबेरै हामी नवलपरासीको नवलपुरमा अवस्थित CG धाम पुग्यौं । शीखर शैलीमा निर्माण गरिएको उक्त धामको वास्तुकलाले हामी निक्कै पुलकित भयौँ । नेपाल कै धनी व्यक्ति विनोद चौधरीको संस्था “चौधरी ग्रुप“ले विशुद्ध व्यापारिक प्रायोजनका लागि निर्माण गरिएको भएता पनि बौद्ध र हिन्दु धर्मको उत्कृष्ट संगमको रुपमा रहेको अनुभूति हामी सबैले ग¥यौ ।
सोही दिन अपराह्न राप्ती नदीमा गोहीको अवलोकन गर्दै ढुङ्गाको सहायताले राप्ती तर्दै हामी चितवन राष्ट्रिय निकुञ्जमा आरक्षित जंगली जनावर हेर्न “सफारी“मा निस्कियौँ । चिडियाखानामा नै देखिरहने अधिकांश जनावरलाई उनीहरु कै प्राकृतिक बासस्थानमा हेर्न हामी निक्कै उत्साहित थियौँ । शिक्षक र विद्यार्थीसहित ३६ को सङ्ख्यामा सवार हामी ४ वटा जीपमा विभाजित भयौँ । जनावर हेर्नलाई निक्कै शान्त हुनुपर्ने नियमलाई क्षणक्षणमा विर्सदै उल्लंघन गरिरह्यौँ ।

खासगरी सेतो, रातो र पहेँलो रंगले जंगली जनावरलाई “नचाहिदो उत्साहित“ बनाउने रहेछ तसर्थ हामीले “ड्रेस कोड“को भने पुर्ण पालना गर्यौं । ४ घन्टा लामो ’सफारी’मा चित्तल (-spotted deer male and female, भालु, एक सिंङ्गे गँैडा, मयुर, बाँदर, गोही लगायत थुप्रै जनावरलाई प्राकृतिक रुपमा चरण गर्दै गरेको देख्दा हामीले बहुत आनन्दको रस्वादन गर्न सफल भयौँ ।
बेलुकापख सौराहाबाट “सन सेट’ को चिताकर्षक दृष्य अवलोकन ग¥यौ र होटेलमा फर्केर नाचगान र ’बार्बेक्यु’मा झुम्यौँ । केही विद्यार्थीहरुको माग बमोजिम हामी थारुको मौलिक परिकार “घोंगी“ स्वाद लिन लोकल होटेलमा छि¥यौँ । पहिलोचोटि भएता पनि “घोंगी“ ठिकठाक नै लाग्यो भन्ने सबैको प्रतिक्रिया पश्चात् हामी होटेलमा फर्केरपनि रहरै रहरमा उक्त दिनको सम्पूर्ण कार्यलाई विट मार्ने काम ग¥यौँ ।

भ्रमणको अन्तिम दिन हामी चरिकोट फर्कनु थियो । हाम्रो निर्धारित कार्यक्रम अनुसार यो भ्रमणको अन्तिम दिन थियो । अगिल्लो दिनको दिनभरको सफारी,ेबेलुकाको रमाइलो थकानका कारणपनि हामीलाई सबेरै उठ्नु थियो । घडीको सुइले ७ बजे हानेकै बेला यात्राको प्रारम्भ ग¥यौँ ।
अन्तिम दिन योजना अनुरुप सिन्धुलीगढी घुम्ने तय गरेका थियौं । फर्कने क्रममा बाटोमै पर्ने हुनाले भ्रमणको उच्चतम लाभ लिदै हामीले चन्द्र शमशेरको पालामा निर्मित चुरियामाई (मधेस प्रदेश) मा अवस्थित ’अन्डरग्राउन्ड पास’ को अवलोकनको साथै चुरियामाई मन्दिरको दर्शन पनि ग¥यौँ । चुरे पहाडको कारणले यातायातमा असहजत भएपछि १९७४ मा टनेल निर्माण गरिएको रहेछ र यसको जिर्णोदार २०८१ जेठमा सम्पन्न भएको पनि जान्ने मौका पायौँ ।


त्यसपछि हामी मकवानपुर जिल्लाको बागमती गाउँपालिका हुँदै सिन्धुलीको मरिण उपत्यका छिचोल्दै सिन्धुलीगढी तर्फ हानियौँ । बिचमा हामी केहिबेर काठमाडौं निजगढ द्रुतमार्गको मकवानपुर खण्डको निर्माण कार्य हेर्न अवशरलयाई पनि सदूपयोग गरेरै छाड्यौ । ब्कष्बल कतबलमबचम को यो राजमार्ग संघीय राजधानी काठमाडौं र तराई जोड्ने सबैभन्दा छोटो दुरीको निर्माणधीन स्थलमार्ग हो । ७२ किमी मात्रै लम्बाई रहेको यस राष्ट्रिय गौरवको आयोजना सम्पन्न पश्चात् काठमाडौं र तराईको दुरी लगभग एक घण्टा मात्रै हुने रहेछ ।

साँझपख हामी सिन्धुलीगढी घुम्यौँ । राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजयको शुरुवात गरेपछि मल्लहरुले पृथ्वीनारायण शाहसँग बदला लिन अंग्रेजहरु गुहारे । काठमाण्डौ कब्जा गर्न सिन्धुली पौवागढी आइपुगेका अँग्रेजका फौजलाई पृथ्वीनारायण शाहका लडाकुहरुले अद्भूत वीरता प्रदर्शन गरेर अंग्रेजहरुलाई पुर्वबाट नै शर्मनाक हार चखाएर धपाएको इतिहास संरक्षण गरिएको युद्ध सङग्रहालय अवलोकन ग¥यौँ ।
आजको पुस्तालाई जीवन्त हस्तान्तरण गर्न निर्माण गरिएको युद्ध सङग्रहाखलय,वीर पुर्खाको साहस र वीरताको इतिहासलाई आत्मिक सम्मान गर्दै सिन्धुलीकै खनियाखर्चको ताजा र मीठो खुवा,रसिला सुन्तला र जुनारको स्वाद लिँदै दोलखालाई कोशेली बोकेर चरिकोट गन्तव्यतर्फ हुँइकियौँ ।

साभारःविरोध तमाङको फेसबुकवालबाट

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.