दोलखा चेम्बर अफ कमर्सको अध्यक्षमा रुद्रजङ बुढाथोकी निर्वाचित
3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा चेम्बर अफ कमर्सको अध्यक्षमा रुद्रजङ बुढाथोकी निर्वाचित हुनुभएको छ । कमर्स दोलखो छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोतम ठकुरी,प्रथम उपाध्यक्षमा राजकुमार खड्का,द्वितीय उपाध्यक्षमा लिला बहादुर केसी,महासचिवमा रामकृष्ण श्रेष्ठ,सचिवमा कृष्ण नेपाली,कोषाध्यक्ष भरत बस्नेत, सहकोषाध्यक्षमा पवित्रा केसी चयन हुनु भएको छ भने सदस्यहरुमा नवराज खतिवडा,कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले,सागर प्रधान,सुमीना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ चयन हुनु भएको छ ।
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव रामकृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष राजकुमार खड्काले ५ लाख ३३ हजार ७ सय ७४ रुपैयाँ ५४ पैसा बराबर आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको अवसरमा रेडियो शैलुङ सामुदायिक एफएम,कालिञ्चोक एफएमका प्रल्हाद आचार्य लगायत विभिन्न संघसंस्थालाई सम्मान गरिएको छ । संस्थामा हाल १ सय ९९ जना सस्यहरु रहेका सस्थाले जनाएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...