दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दोलखा जिल्लाका नगरपालिका तथा गाउँपालिकाको सहभागिता रहने गरी माग ३ देखि ५ सम्म सञ्चालन हुने जिल्ला भलिबल संघ, दोलखा अध्यक्ष बालकृष्ण खड्काले बताउनुभयो । जिल्लामा पहिलो पटक जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला भलिबल संघले जनाएको छ ।
दोलखा सदरमुकाम स्थित भीमेश्वर कभर्डहलमा आयोजना गरिने भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार ९ ट्रफि, मेडल र प्रमाण–पत्र ० द्वितीय पुरस्कार ३० हजार ९ ट्रफि, मेडल र प्रमाण–पत्र ० तृतीय पुरस्कार २० हजार ९ ट्रफि, मेडल र प्रमाण–पत्र ० र सान्त्वना १०,हजार ९ ट्रफि, मेडल र प्रमाण–पत्र ०रहने आयोजक जिल्ला भलिबल संघका सदस्य अर्जुन थापाले जानकारी दिनुभयो ।
सदस्य थापाका अनुसरा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डरलाई उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गरिने छ । एक टिममा १२ जना खेलाडी, १ जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १४ जना हुनु पर्ने, खेलाडीहरु सम्बन्धित पालिकाको स्थायी बासिन्दा हुनु पर्ने र एउटा पालिकाबाट दुई वटा सम्म टिम सहभागी हुन सक्ने मापदण्ड रहेको छ भने खेलाडीहरु अनिवार्य खेल पोशाकमा हुनु पर्ने र खेल पोशाकमा भलिबलको नियम अनुसार नम्बर अनिवार्य हुनु पर्नेछ । खेलाडीहरुको खानाखाजा, आवास र यातायातको व्यवस्था सम्बंन्धित पालिकाले गर्नु पर्ने भनिएको छ ।
टिम दर्ता अन्तिम मिति २०८१ माघ १ गतेसम्म रहेको छ भने टिम दर्ता ३ हजार रहेको बताइएको छ
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...