आँशुको कथा
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
विरोध तमाङ
ऋषि धमला रोएकै छन्, एलिना चौहान रोएकै छिन् । युट्युबर नामधारी आँसुका व्यापारीहरु भिडियो ’बुस्ट’ गरी गरी पोस्ट गर्दै छन् । को रुदैँन र भन्या जिन्दगीमा ? सबै रुन्छन् । म, तपाई अनि हामी । रुनु पनि त अस्तित्व हो । रुनु पनि त पीडा भुलाउने एक उपचार विधि हो नि । रुन पनि त क्रिया प्रतिको प्रतिक्रिया हो । रुनु पनि त बाँच्नु हो तर कथाले नमाग्दै क्यामरा अघि रुनु नितान्त अवाञ्छित गतिविधि हो, ढोंग हो, दर्शकमाथि जबर्जस्ती थुपारिएको अतिरिक्त ’पीडा’ हो । यो प्रवृतिलाई अविलम्ब रोक्नुपर्छ भन्ने मेरो बुझाई हो ।
हो, म पनि हजारबार रोएको छु तर कहिल्यै क्यामरामा कैद गरिँन । कसैलाई देखाइन । अरु अघि कहिल्यै रोईएन । आँसु लुकाइयो । भक्कानो फुटेर आउँदा पनि आँसु देखाइएन । अँध्यारो कोठामा त एक्लै कति रोएँ रोएँ । सिरक भित्र एक्लै रोएँ । बाथरुमको ऐनामा आफ्नै लाचार रुपलाई हेर्दै रोएँ । यात्राको दौरान बाइकको ह्यान्डल सम्हाल्दै रोएँ । गतिको तालमा रोएँ, हावाको धुनमा रोएँ, ऋतुको बदलावले ल्याइएको सम्झनाको तरेलिमा रोएँ ।
अँह ! आँसु कहिल्यै देखाइएन । पुरुषार्थ लुकाउन आँसुलाई छिपाएको पनि होइन । कमजोरीलाई लुकाउन आँसुलाई दबाएको पनि होइन । बस्, यति हो आँसु नितान्त निजी मामिला हो । निजी मामिला सार्वजनिक गर्न कहिल्यै चाहिन । दःुख बाँड्न कहिल्यै जानिन ।
बरु दबाइएको आँसुलाई ’म्यानेज’ गर्न सानातिना कुरामा पनि गज्जबले हाँसियो । आकाशमा बादल फाट्दा प्रफुल्ल भएर हाँसियो ।।
बिहानको घामको किरणको झुल्का देख्दा हर्षको उन्मादले हाँसियो ।
बसन्त ऋतुमा पलाइने टुसाको सम्भावनालाई हेर्दै दंग भइयो । शरदले स्वागत गरेको फूलको पल्लविलाई मुसुक्क हाँस्दै आहा भनियो । यस्ता सबै कुरा रेकर्ड गरियो, सामाजिक संजालमा पोस्ट गरियो किनकि खुशी बाँड्दा खुशी बढ्ने हो नि ।
एकदिन मैले कसैलाई सोधेँ, “तपाई कति बिन्दास हुनुहुन्छ है”?
“पाँच पटक प्रयास गर्दा पनि मर्न सकिन बिरोध जि ! अब हाँसेर बाँच्नुबाहेक विकल्प के नै छ र?”
जवाफले म अवाक्क भएँ ।
“मर्न नसके पछि हास्ने हो र ?“ फेरि प्रश्न तेर्साएँ ।
“होइन……! तर मेरो केसमा हो। मैले जानेकी छु पीडामा हाँसोको मुल्य। मैले भोगेकी छु आँसुमा सान्त्वना कति गह्रौ हुन्छ भनेर । मैले देखेकी छु दुखमा साथहरु कति महँगा हुन्छन् । त्यसैले खुशी त छनोट रहेछ नि । र जुनदिन मैले जिन्दगी रोज्न थालेँ मलाई दुनियाँले बिन्दास देखे, तपाईले पनि” मुस्कुराइदै भनिन् ।
उनको मुस्कान यस्तो थियो कि भदौको झरीले बादल पन्छाएर टाढा टाढा देखिने हरिया पहाड झैं । सुन्दर, कन्चन अनि अचल। ऊनको ’बिन्दास’ शैली देख्दा लाग्थ्यो कि बिहानको मिर्मिरे किरण देख्नलाई पनि निष्पट्ट रात त सहनै पर्छ नि !
त्यसैले त भनिन्छ नि भोगाइ सबैका हुन्छन्। लेखिने जति कथा बन्ने छन् । अलिखित कथाहरु व्यथा बनि अनन्तकालसम्म खत बनि बल्झिरहनेछन् । अव्यक्त कथाहरु आँसु बनी बगिरहलान् तर आँसु नै बगाइएन भने ती कथा के होलान् ?
खैर ! मन्द मुस्कान मार्फत ती नबगाइएका आँसुका कथाहरु पनि त विस्तार भइरहलान् । बस्, आँखाका भाव बुझ्ने पाठकहरु कुनै दिन कसो नभेटिएला र ?
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...