दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप
3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
माघ १०
दोलखामा ६ हजार ५ सय बढी विद्यालयमा अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम मार्फत जिल्लामा ६ हजार ५ सय २० जना विद्यार्थीलाई खोप लगाउने तयारी भएको जानकारी गराइएको हो । जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम राज खनालका अनुसार दोलखामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ( ह्युमन प्यापीलोमा भाईसर) विरुद्धको खोप लगाइने छ । जिल्लामा माघ २२ गते देखि १ सय ५९ वटा विद्यालय र ७० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सुरु हुने छ । विद्यालय बाहिर रहेका, खोप अभियानमा खोप लगाउन छुटेका छात्रालाई खोप अभियानको अन्तिम दिन ७० वटा स्वास्थ्य संस्थाबाट खोप लगाइने खनालले बताउनु भयो । उक्त खोप अभियान दोलखामा माघ २२ गते देखि २८ गते सम्म संञ्चालन हुने छ ।
भीमेश्वर नगरपालिका बाट १ हजार ४ सय ८१, जिरी नगरपालिकामा ५ सय ११, कालिञ्चोक गाउँपालिकामा ८ सय ७३, गौरीशंकर गाउँपालिकामा ५ सय २६, तामाकोसी ५ सय ६५, बैतेश्वर ५ सय ८३, मेलुङ्ग ५ सय ९७, विगु ७ सय १४ र शैलुङ्ग गाउँपालिकामा ५ सय ८६ जना कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप लगाइने छ । खोपको लागि २ सय २९ जना स्वासथ्य कर्मी र ४ सय ५८ जना स्वयमसेविक परिचालन गरिने छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप समन्वय समिति एवमं जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकार शिवराम गेलाल,डब्ल्यूएचओका डाक्टर रुपेश चापाँगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको हो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...