भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले घिमिरेको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा अर्जुन पाख्रिन र लाक्पाली शेर्पा निर्वाचित गरेको हो । यस्तै अधिवेशनले सचिवमा गणेश बुढाथोकी, सहसचिवमा प्रकाश बस्नेत र सुजन थामी तथा कोषाध्यक्षमा फुर्वा तामाङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा मुना गुरुङ, देवराज मगर र प्रदीप सेन्चुरी निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले केन्द्रीय प्रतिनिधिमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ र शर्मिला बुढाथोकीलाई निर्वाचित गरेको छ । यस्तै बागमती प्रदेश प्रतिनिधि ताराबहादुर महत, उषा तामाङ र तारादेवी बस्नेत निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, प्रचार विभाग प्रमुख हरि ओली, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, जिरी नगरपालिका नगरप्रमुख मित्र बहादुर जिरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिक, लक्ष्मण थामी, प्रेस चौतारी बागमती प्रदेश समितिका महासचिव प्रकाश दाहाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिपक अर्याल, प्रेस यूनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रेस सेन्टर दोलखाका सचिव गोविन्द थामी, प्रेस चौतारीका पूर्वअध्यक्ष रोहित खड्का र पत्रकार दिपशंकर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनकै अवसरमा कमल चौतारी नामक स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा बुद्धिमान स्मृति पत्रकारिता पुरस्कार जीवन लामालाई प्रदान गरिएको थियो । प्रेस चौतारी नेपालका पूर्वअध्यक्षहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.