भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् ।

चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस र जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुबिच सहयोग आदानप्रदानको विषयमा शुक्रबार सम्पन्न छलफल कार्यक्रममा बैंक तथा वित्तिय संस्थाहरु सहयोग गर्न सहमत भएको क्याम्पस प्रशासनले जनाएको छ । बैठकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले बैंक तथा वित्तिय संस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च हुने रकम क्याम्पसको छात्रवृत्ति अक्षयकोष लगायतका विषय मिल्ने शीर्षकमा सहयोग गर्न आग्रह गर्नुभयो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगार र व्यवसायमार्फत स्वरोजगार बनाउन सहयोग गर्ने उद्धेश्यले समन्वय बैठक आयोजना गरेर सहकार्यको सुरुवात गरिएको अध्यक्ष राउतको भनाई छ । त्यसैगरी क्याम्पस प्रमुख शान्त केसीले वाणिज्यशास्त्र तर्फका विद्यार्थीहरुलाई प्रशिक्षार्थीको रुपमा काम गर्ने मौका दिन र विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराएर व्यवसाय वा स्वरोजगारमा जोड्न पनि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा जिल्लामा कार्यक्षेत्र रहेका विभिन्न बैंक, सहकारी संस्था, विमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुले क्याम्पस नेतृत्वले गरेको अधिकांश प्रस्तावमा मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.