शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको छ । शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाका नवनिर्वाचित अध्यक्ष किशोर दहाल लगायत ७६ जनाको समितिलाई सम्मान गरेको हो ।
भीमेश्वर नगर समिति र जिल्ला समितिबीच समन्वय तथा सहकार्य साथै कार्यगत एकताको उद्देश्यले सम्मानसहित शुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरिएको नगरसमिति उपसचिव समीरा बस्नेतले बताउनुभयो ।
नगर समिति अध्यक्ष अन्जना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माघ १७ र १८ गते सम्पन्न शिक्षक संगठन जिल्ला समितिको अधिवेशमा निर्वाचित पदाधिकारीलाई सम्मानसहित बधाई र शुभकामना प्रदान कार्यक्रम आयोजना गरिएको भीमेश्वर नगर संगठन समितिले जनाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश सदस्य शान्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठन जिल्ला समितिका पूर्वअध्यक्ष बालकुमार गिरी,निवर्तमान अध्यक्ष सञ्जय खड्का , जिल्ला समिति अध्यक्ष किशोर दाहाल,नेकपा एमाले भीमेश्वर नगर कमिटी अध्यक्ष भोला खतिवडा लगायतले शुभकामनासहित प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भीमेश्वर नगर समितिले यस अगाडि चर्णावती वृद्धाश्रमका वृद्धाका लागि चौबन्दी बृद्धको लागि जाडोको न्यानो ज्याकेट साथै तातोपानीको थर्मस पानी तताउने जग र पोषणयुक्त खाद्य सामग्री वितरण गरेको थियो ।
भीमेश्वर नगर समितिको नीति र वार्षिक कार्ययोजना अनुसार विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...