बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि
2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
फागुन २२
पछिल्लो समय गाउँघरमा खेतीयोग्य जमिन बाँझो हुदै गएको छ । दोलखा जिल्लामा पनि खेतीयोग्य जमिनहरु बाँझो हुदैँ गइरहेको पाईएको छ । खेतीयोग्य जमिन बाँझो हुदै जानुमा युवाहरु पलायनसँगै बन्यजन्तुको कारण पनि रहेको स्थानीय कृषकहरुको भनाई रहेको छ । लगाएको बाली वनजन्तु बाँदर लगायतले खान र नष्ट गर्न थालेपछि मेलुङ गाउँपालिका वडा नम्वर ७ का किसानहरू निराश भएका छन्। । उनीहरूले स्थानीय सरकारलाई बाँदर आतंक नियन्त्रण गर्न माग समेत गरि रहेका छन् । मेलुङ गाउँपालिकाको वडा नम्वर ७ कृषिका लागि योग्य भूमि भएको भएपनि बाँदर आतंका कारण पछिल्लो समय कृषकहरु खेती गर्न छाडने अवस्थामा पुगेका कारण वडाले बाँदर नियन्त्रणका लागि नयाँ उपाय अपनाउने भएको छ ।
नेकपा एमालेको तीन महिने वडा केन्द्रित कार्यक्रममा पनि बाँदर नियन्त्रणको अत्यधिक माग भएकाले वडाले बाँदर धपाउन बन्दुक लगायतका साधनको प्रयोग गर्दा पनि नभएपछि यो नयाँ प्रविधि ड्रोन, विद्युत्तीय पासो लगायतका नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो । वडाले ड्रोन लगायतका प्रविधि प्रयोगका लागि हाल कृषकहरुलाई तालिम दिई रहेको वडा नम्वर ७ का वडा अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनको जानकार सल्यानका विजय राना मगरले किसानहरूलाई प्रशिक्षण गरिरहनु भएको छ । पाँच दिनसम्म कृषकहरुलाई प्रशिक्षण दिईने छ । बाँदरलाई तर्साउन, धपाउन ड्रोनमार्फत बाघ र बन्दुकको आवाज निस्कने,सेकेन्ड सेकेन्डमा बिजुलीको झडका दिने, राती बाँदर, दुम्सी रहेका स्थानमा साइरन बजाउने लगायतका १० वटा प्रविधिहरुको बारेमा किसानलाई प्रयोग गर्न सिकाइने र स्थलगत अभ्यास गराउने छ । खेतबारीमा लगाइएको धान,मकै, कोदो, गहुँ लगायतका अन्नबाली तथा फलफूल बाँदरले सखाप पार्न थालेपछि किसानहरूले प्रविधि सिकेर समाधान खोज्न थालेका हुन् ।
स्थानीय किसान देव बहादुर खड्काले भन्नुभया,े “बाँदरले खेतबारी मात्र होइन, घरभित्रै पसी धान, चामलका बोरा बोकेर लैजान थालेको छ ।” उहाँले भन्नुभयो,बाँदर धपाउने क्रममा मेलुङ सातमानै दुई जनाको मुत्यु भई सकेको छ भने धेरै मानिसहरु घाईते समेत हुनु भएको छ । बाँदर नियन्त्रण गरिनेलाई मात्रै भोट दिने अवस्था पुगेको स्थानीय कृषकहरुको भनाई रहेको छ । बाँदर नियन्त्रणका लागि वडाले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ । गत वर्ष वडा कार्यालयले किसानहरूलाई पड्किने बन्दुक वितरण गरेको थियो । तर, केही समय मात्रै बाँदर तर्सिए पनि पछि त्यसको प्रभाव नभएपछि वडाले यसवर्ष नयाँ प्रविधि अपनाउन ड्रोन विद्युत्तीय पासो लगायतको प्रयोग गर्ने भएको हो ।
प्रविधिहरू बाँदर मात्र होइन, दुम्सी, मृग, बँदेलजस्ता जङ्गली जनावर नियन्त्रण गर्न पनि उपयोगी हुने बताइएको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आवश्यक आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको अध्यक्ष खड्काले बताउनुभयो । यो प्रविधिले बाँदर लगायतका जङ्गली जनावर नियन्त्रण भयो भने पालिकाले सबै वडामा यो प्रविधि प्रयोग गर्ने पालिकाका अध्यक्ष हिराकुमार तमाङले बताउनु भयो ।
राउत गाउँको रायोको साग
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...