भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

विरोध तामाङ

नेकपा (एमाले) अर्थात् नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एक प्रमुख राजनीतिक दल हो । यो दल नेपालमा कम्युनिष्ट विचारधारामा आधारित पार्टी हो, जसले समाजवाद, जनताको शासन, र समानताको पक्षमा राजनीति गर्दै आएको छ । २०४६ सालको जनआन्दोलनपछि पार्टीले बहुदलीय व्यवस्था स्वीकार गर्दै लोकतान्त्रिक राजनीतिक प्रणालीमा सक्रिय भूमिका निर्वाह गरेको छ । पार्टीको मूल विचारधारा माक्र्सवाद–लेनिनवादमा आधारित छ । यसले समानता, समाजवाद, र समृद्ध नेपाल निर्माण गर्ने उद्देश्य राख्दछ ।
जनताको हकहित, गरिबी निवारण, र समतामूलक समाज निर्माण यसका प्राथमिकता हुन्् । पटकपटक सरकारमा सहभागितासँगै सरकारको नेतृत्व गरेर पार्टीले प्रसस्तै लोकप्रिय काम गरिसकेको अवस्था छ ।
’सुखी नेपाली र समृद्ध नेपाल’को जग बसाल्न अनवरत लागिरहेको यस पार्टी सामाजिक सुरक्षा भत्ता कार्यक्रम र आफनो गाउँ आफै बनाउ जस्ता नाराले जनताको मन मस्तिष्कमा बस्न सफल भएको छ । ’भिजिनरि’ नेतृत्व, चलायमान पार्टी संगठन र चुस्त दुरुस्त जन वर्गीय संगठनहरु नेकपा (एमाले) को खास पुँजी हुन् त्यसैले आजको दिनमा पनि नेकपा एमाले नेपालको जटिल भूराजनीतिक अवस्थितिको ठोस विश्लेषण गर्दै भौगोलिक रुपमा विशाल दुई ठुला छिमेकी राष्ट्रहरुसँग कुटनैतिक समदुरीको सम्बन्ध कायम राख्दै राष्ट्र र जनताको पक्षमा दृढ रहि स्वाधीन, स्वाभिमानी, अखण्ड र अक्षुण्ण नेपालको पक्षमा सतिसाल झैँ उभिएको छ ।

बैतेश्वर गाउँपालिकाको सन्दर्भमा नेकपा (एमाले) ः

निर्दलयी पञ्चायती व्यवस्थादेखि नै बैतेश्वर गाउँपालिका कम्युनिष्टहरुको लागि उर्वर भूमि हो । तत्कालीन पञ्चहरुको नाम्दु र गैरिमुदीमा राजनीतिक र सामाजिक दबदबाका बाबजुद पनि बैतेश्वरमा (साबिकका गैरिमुदी, मिर्गे, काभ्रे, नाम्दु र क्षेत्रपा गाविसहरु) कम्युनिष्ट पार्टीका भुमिगत गतिविधिहरु बग्रेल्ती हुने गरेको विभिन्न घटनाक्रमले देखाएको छ । कम्युनिष्ट नेता स्व. पशुपति चौलागाईं, दल बहादुर तामाङ, बम बहादुर तामाङ, गुमान सिंह पाख्रिन, हर्कमान पाख्रिन, यज्ञराज ढुंगेल, स्व. गणेश तामाङ, जय बहादुर तामाङ लगायतले वैतेश्वरलाई कम्युनिष्टहरुको किल्ला बनाउन पञ्चायतकालीन समयको प्रतिकुल अवस्थामा पनि महत्त्वपूर्ण योगदान दिएको इतिहास छ । यद्यपि इतिहासको गौरवगाथाले मात्रै वर्तमानको वस्तुनिष्ठ विश्लेषण गर्न सकिन्न । २०७२ साल असोज ३ गते जारी भएको संविधानले संस्थागत गरेको संघीयतासँगैस्थानीय तहको दुबै निर्वाचनमा (वि.स. २०७४ र २०७९) वैतेश्वरमा कम्युनिष्ट शक्तिहरु कमजोर बन्न पुगेको छ । पटक पटकको धाँधलीपूर्ण निर्वाचन,बुथ कब्जाको संस्कृतिका कारण जनमत भएर पनि नेकपा (एमाले) कमजोर प्रतिपक्षीको रुपमा बस्न बाध्य छ । ८ वटा वडा मध्य २०७४ को निर्वाचनमा तीनवटा वडा जितेको नेकपा (एमाले) ले २०७९ मा आइपुग्दा दुईवटा वडामा खुम्चन बाध्य भयो ।
बैतेश्वर गाउँपालिकामा स्थापित ठुला सहकारीहरुमा नेकपा (एमाले) आवद्ध जिल्ला तह कै नेताहरु सञ्चालक समितिको नेतृत्वमा निर्वाचित भएका छन ्। हरेक सालजसो एस.इ.इमा उत्कृष्ट नतिजा दिन सफल विद्यालयहरुमा नेकपा (एमाले) कै स्थानीय नेताहरु विद्यालय व्यवस्थापन समितिको नेतृत्व छन् ।
बैत्यश्वरमा करिब एक हजार संगठित सदस्य छन् भने जनवर्गीय र भातृसंगठनहरु सक्रिय भएर पनि निर्वाचनमा पटकपटक किन हार व्यहोरिन्छ ? प्रश्न गम्भीर छ तर जवाफ सपाट छन् । प्रतिपक्षको आतंकसहितको बुथ कब्जा नै नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा पराजित हुनु एकमात्र कारण हो । सांगठनिक हिसाबले बैतेश्वरमा नेकपा (एमाले) को प्रतिस्पर्धी दल नेपाली कांग्रेस नै हो । आफ्ना मतदाताहरुको मतदान अधिकारलाई संरक्षण गर्न नसक्नु नै बैतेश्वरमा नेकपा (एमाले) हारको मुख्य कारण हो । यस अर्थमा बैतेश्वरमा नेकपा (एमाले) को हार हरेक ढंगले प्राविधिक मात्रै हो ।
अब के त???

२०८१ बैशाख १९ मा सम्पन्न नेकपा (एमाले) बैतेश्वर गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले डबल तामाङको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ नेतृत्व निर्वाचित गरेको छ । यस निर्वाचितत कमिटीको मुख्य कार्यभार वि.स.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताएर नेकपा (एमाले) ले बैतेश्वरमा भोगिरहेको ’प्राविधिक’ हारलाई उल्ट्याउनु हो । ’मिसन ०८४’ लाई सफल पार्न र बैतेश्वरमा नेकपा (एमाले) लाई स्थानीय सरकारको नेतृत्वमा जिताउन नेकपा (एमाले) बैतेश्वर गाउँपालिका कमिटीले निम्न रणनैतिक कार्ययोजनाका साथ आगामी राजनीतिक कार्यक्रमहरु सम्पन्न गर्दै लानुपर्ने आवश्यकता देखिन्छ ।

१. पार्टीका विभिन्न तहका कमिटीलाई चलायमान राख्ने, ’मिसन ग्राँसरुट’ नारासहित पार्टी कमिटीलाई तल्लो तह (टोल) सम्म गठन गर्ने र पार्टीका गतिविधिमा कुनै न कुनै ढंगले जनतालाई संलग्न गराइराख्ने, पार्टीको विचार, सिद्धान्त र कार्यनीति सम्बन्धमा आवधिक तवरले प्रशिक्षण गराइराख्ने। औपचारिक वा अनौपचारिक फोरमहरुमा पार्टीको पक्षमा वैचारिक बहस गर्ने, पार्टी सरकारमा रहदा गरेका लोककल्याणकारी निर्णयहरुलाई सुचना र प्रविधिको उच्चतम प्रयोग गर्दै व्यापक प्रचारप्रसार गरेर जनतामाझ स्थापित गर्ने।
२.सरकारले गरेका अलोकप्रिय क्रियाकलाको खवरदारी गर्ने।।
३.संविधानले नै समाजवाद उन्मुख उत्पादन ढांचालाई अंगिकार गरेको अवस्थामा नेकपा (एमाले) को नेतृत्वमा मात्रै बैतेश्वरलाई कृषि, शिक्षा, स्वास्थ्य र रोजगारको सन्दर्भमा ठोस दिशानिर्देश गर्न सक्ने र समाजवादको आधारस्तम्भ खडा गर्न सक्ने बैतेश्वर गाउँपालिका कमिटीको निचोड हो।

निष्कर्ष ः
नेकपा (एमाले) आज पनि जनमतको हिसाबले बैतेश्वरमा पहिलो पार्टी हो । तसर्थ, ’बुथ कब्जा’ गरिने सम्भावित बुथ केन्द्रहरुमा नेकपा (एमाले) ले मतदाताहरुको मत संरक्षण गर्न ’विशेष चुनावी योजना’ बनाउनु पर्ने र उक्त योजनालाई चाणक्य निति मार्फत नै सहि, कार्यन्वयन गर्नु गराउनु आवश्यकता देखिएको छ । दिगो विकासको अवधारणामा रहेर बैतेश्वरको सर्वाङ्गिण समृद्धिको लागि पनि २०८४ को स्थानीय तहको निर्वाचनको परिणाम नेकपा (एमाले) अनुकुल हुनैपर्छ र सिङ्गो पार्टीपंक्ति समयमानै एक ढिक्का भएर पार्टी गतिविधिमा दिलोज्यान दिएर लाग्नुपर्ने देखिन्छ ।

लेखक नेकपा एमाले वैत्यश्वर गाउँपालिका कमिटि सचिव हुनुहुन्छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.