भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

राउत गाउँको रायोको साग

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो ।
हाम्रो परिवारमा त अझ हजुरबुबा, हजुरमुमा, बाआमा, ठूला बाआमा, फूपुहरु, दिदीहरु अनि भाइहरु गरी बाह् पन्ध्र जनाको फौज नै थियोे ।
अहिले पो थाहा भो, मान्छे अनुसारको कामको बाँडफाँड अलिखित रुप धेरै नै व्यवस्थित रहेछ । हजुरबुबा घर बाहिरको कामको रेखदेख संम्हाल्नु हुन्थ्यो । हजुरमुमा घरभित्रैको ।
फुपूहरुको काम हजुरमुमालाई र आमाहरुलाई सघाउने हुन्थ्यो । बाहरुबाहिरको काममा हजुरबुबालाई सघाउने र गोठ खेतको व्यवस्थापन हुन्थ्यो ।
बढी मारमा चाहिँ आमाहरु पर्थे । विहानीको लिपपोत, गोठ, खेत÷बारी, बाख्रापाठा, गाई÷गोरु अनि भैसीको घास÷दाउरा, मेलापात अनि भुराभुरीको स्याहारसुसार ।
हाम्रो काम भने बाख्रा अनि गाइवस्तु चराउने, दुधिलो/पँैंयु अनि पातिका घास काट्ने, थुन्चेमा पतकर सोहर्ने, फरिको बार्न निगालो बाँस ओसार्ने, रोपाइ गर्दा आली र कान्लामा भटमास रोप्ने, ठूलाले ड्याङ पारेको ठाउँमा आलुका विउ अनि लसुनका विजु रोप्ने ।
ठूलाबाले फुलेका काउलीको बीउबाट उमारेको काउलीको बिरुवा रोप्न खुब रमाइलो लाग्थ्यो ।
राउतगाउँको छेउ मै पानीको ठूलो मूल छ । २०४१ माघ १४ गते स्वीस सरकारले “सघन पहाडी क्षेत्र विकास परियोजना अन्तर्गत खानेपानीको धारा बनाइदियो । आमाहरुको लागि पौढ शिक्षा अनि तरकारीको लागि रायोको सागको विउ वितरण पनि गरेको थियो ।
बाख्रावस्तुका मलले गर्दा रायोको सागको आकार नाङ्लो जत्रै हुन्थ्यो । चुलेसीमा हजुरमुमा र आमाहरुले त्यो सागलाई कट्कट काट्दा नै फैलिने वास्नाले एक झमटको भोक जगाईदिन्थ्यो ।
डाँडाबारी अगाडिको तल्लोबारीको तोरीको भुटुनमा मेथी पट्काएर काटेको सागलाई झ्याँइया पारेर ओइरिएपछि त्यसमाथि कचकच सिलौटोमा कुटेको अदुवा र नून हालेर पकाएको त्यो “राउतगाँउको रायोको साग“ को कसरी बयान गर्ने ?

अनि, धेरै जसो छाँक दालको सट्टा सागको झोल हुन्थ्यो । त्यसो त चौलानी हालेर मकैंको पिठो छरेर उमालेको झोलले फाचापुको मासको दाललाई माथ गर्थ्यो ।
आज भगवती काकीले मेरो लागि साग टिप्दा पो थाहा पाए साग त दुब्लाएछ । फिल्ड अनुगमनको क्रममा सुस्पा–क्षमावतिको पहरेमा “त्यो साग“ फेला पार्न सफल भएँ ।

स्रोतः भीमेश्वर नगरपालिकाका इन्जिनियर  सुरेश राउतसरको फेसबुक वालमा समेटिएको स्मरण

                                     



 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.