गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर बहुउद्देश्यीय सहकारी संस्था चरिकोटले चर्णावती जेष्ठ नागरिक धामलाई सहयोगी सामग्री वितरण गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ह्वील चियर र फोल्डिङ कम्मोड सहयोग गरेको हो । दोलखा सदरमुकाम चरिकोटबाट सेवा प्रवाह गर्दै आएको सहकारीका अध्यक्ष श्यामकृष्ण थापाले चर्णावती धामलाई आज एक कार्यक्रमका बीच उत्त सामग्री हस्तान्तरण गर्नुभएको संस्थाले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष थापाले जेष्ठ नागरिकको आवश्यकतालाई मध्येनजर गर्दै जेष्ठ नागरिकको सहजताका लागि सामग्री हस्तान्तरण गरेको बताउनुभयो । आगामी दिनमा पनि संस्थाले यस्ता सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
चर्णावती धाम सहजकर्ता रचना उप्रेतीले धामको आवश्यकतालाई सम्बोधन गरेको भन्दै सहकारी संस्थालाई धन्यवाद दिनुभयो । साथै धामका लागि आवश्यक पर्दा,सोलार वत्तीको समेत अत्यावश्यक भएकाले सहयोगी मनलाई सहयोगको लागिसमेत आव्हान गर्नुभयो ।
वित्तीय कारोबारमा मात्र केन्द्रित नभई सामाजिक क्षेत्रमा पनि संस्था क्रियाशील रहेको सहकारीका व्यवस्थापक मुकेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष मानवसेवामा सहकारीले सहयोग गर्दै आएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा सहकारीका सञ्चालकहरुको सहभागिता रहेको थियो ।
दोलखाको शैलुङ गाउँपालिका ७ मा पर्ने चर्नावती सामुदायिक वनको करिब ४० रोपनी जग्गामा ३ करोड बराबरको जेष्ठ नागरिक सेवा केन्द्रसहित अन्य संरचनाहरु रहेका छन् । काशी– गया र देवघाट भन्दा पवित्र स्थल भनेर विश्वास गरिने यस धाममा निर्माण भएको जेष्ठनागरिक केन्द्रमा ४८ जनासम्म ज्येष्ठ नागरिक बस्न मिल्ने पूर्वाधार रहेको छ । करिब एक वर्ष अगाडिबाट सञ्चालनमा आएको धाममा अहिले ६ जना जेष्ठ नागरिक आश्रय लिँदै आइरहेका छन् ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...