गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीश«ङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अनेरास्ववियूका सिरिष बस्नेतको नेतृत्वमा सर्वसम्मत स्ववियू चयन भएको हो ।
स्वतन्त्र विद्यार्थी यूनियन गौरीशङ्कर बहुमुखी क्याम्पसको निर्वाचन तालिकाअनुसार निर्धारित समयसम्म मनोनयन आव्हान गरिएको पदहरुमा एकल उम्मेदवारी मात्र दर्ता भइ कुनै पनि पदमा दावीविरोध समेत नपरेपछि १५ सदस्यीय स्ववियू निर्विरोध निर्वाचित भएकोे निर्वाचन अधिकृत बालकृष्ण फूँयालले बताउनुभयोे ।
स्ववियूको उपाध्यक्षमा नेपाल विद्यार्थी संघका डेनिस शिवाकोटी,सचिवमा नेपाल विद्यार्थी संघकै राजेन्द्र भुजेल,सहसचिव अखिल क्रान्तिकारीका राजकुमार भुजेल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै कञ्चन तमाङ मोक्तान सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी समानुपातिकतर्फको सदस्यमा नेविसंघका सुरज नेपाली, अनेरास्ववियू (समाजवादी )का हेमन्त कुमार पाख्रिन,अनेरास्ववियू क्रान्तिकारीका शुशिल अधिकारी ,अखिल क्रान्तिकारी पृथ्वीराज तमाङ, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का सुस्मिता नेपाली निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रत्यक्षतर्फको सदस्यहरुमा अनेरास्ववियूका विमल खड्का,अखिल क्रान्तिकारीका पदम कुमारी बुढाथोकी,नेविसंघका राजन खड्की र सुरज नेपाली र अनेरास्वविय समाजवादीका भेष बहादुर बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर थामी निर्वाचित हुनु भएको हो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...