भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै

4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा

भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो पर्छ ।
वडा सदस्य मात्र नभएर कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पाएपछि उनको दैनिकी फेरिएको छ ।
निर्वाचित भएर आएको सुरुदेखी नै अध्यक्ष काममा बाहिर हुदा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी श्रेष्ठले वडामा पुगेर जनताका गुनासा, रिस र आवेगलाई सहज रुपमा लिदै काम गदै आइरहेकी छिन ।
१२ वर्षको उमेरदेखी जन्म गाउ लापिलाङबाट राजनिति सुरु गरेकी श्रेष्ठले २०६७ सालमा विहे गरेर दोलखा बजार आएपछि राजनितिमा निस्क्रिय जस्तै भएकी थिइन ।
पारिवारिक जिम्मेवारीले गर्दा राजनितिमा सक्रिय रुपमा नलागेपनि उनी सभा, सम्मलेनमा भने सहभागी हुदै आएकी थिइन ।
राजनिती राम्रो संग बुझेकी श्रेष्ठलाई २०७४ मा वडा सदस्यको प्रस्ताव आएपनि बच्चा सानो भएकाले जिम्मेवारी लिनबाट पछि हटेकी श्रेष्ठ २०७९ मा वडा सदस्य निर्वाचित भएपछि अहिले २०८४ मा वडा अध्यक्षको लागी दाबेदार बनिरहेकी छिन ।
उनी भन्छिन–“वडाको विकास योजना, बजेट, यहाका समस्या राम्रोसंग बुुझेको छु , कार्यवाहकको जिम्मेवारीले थप बुुझन सहज भएकाले अब मेरो दावी वडा अध्यक्षमा रहने छ । ”
वडामा रहेर काम गर्दा उनले प्रत्यक्ष रुपमा १३ जना महिलालाई बाटेको धुप बनाउने तालिम दिएर स्वरोजगार समेत बनाएकी छिन ।
वडामा सुरुमा वडा सदस्य निवाचित भएर भेला, बैठकमा जादा बोल्न एकदम डराउने श्रेष्ठले अहिले निर्धक्कसंग आफना कुरा खुलेर राख्ने भएकी छिन ।
भिमेश्वर नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी श्रेष्ठले दलित महिला केन्द्रले नेपालले तालिम दिएपछि वडाको बजेट, योजना छनौटका ७ चरण, लक्षित वर्गको बजेट राम्रोसंग बुुझन पाएको बताउछिन ।
उनी भन्छिन– ”निर्वाचित भइयो, जिम्मेवारी के —के हो अनविज्ञ थिए, पछि तालिम लिदै गएपछि सबै बुुझे, आफना एजेण्डाहरु बैठकमा राख्न सक्ने भए । ”
प्लस टु सम्म अध्ययन गरेकी श्रेष्ठ २०८४ को चुनावमा आफुलाई पार्टीले वडा अध्यक्षको टिकट दिनेमा उनी विश्वस्त छिन ।
घरको काममा श्रीमानको साथ समेत पाएकी श्रेष्ठ वडाको विकासलाई कसरी समुन्नत बनाउने र महिला लक्षित कार्यक्रमलाई प्रभावकरी बनाउने भन्ने योजना बनाइरहेकी छिन ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.