भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी

4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा

सधै आफुलाई व्यस्त राख्न रुचाउने सन्तोषी श्रेष्ठले राजनितीमा गएर जनप्रतिनिधी हुुन्छु भन्ने सोच कहिले पनि राखेकी थिइनन ।
भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोटकी सन्तोषी श्रेष्ठ पेशाले व्युटीसियन हुदै व्यवसायी पनि हुन ।
विवाहपछि व्युटीसियन तालिम लिएर पार्टरमा व्युुटीपार्लर खोलेर व्यवसायी सुरु मात्र गरिनन उनले संगसंगै अचार बनाउने तालिम पनि लिएर आफुुलाई व्यस्त राखिन ।
व्युुटीपार्लर संगसंगै अचार बनाउन थालेपछि धेरै मान्छेसंग चिनचान भयो । धेरै कुरा थाहा भयो । २०७४ मा स्थानीय तहको निर्वाचन हुुने भएपछि परिवारको सल्लाहमा वडा सदस्यको उम्मेदवारी दिइन ।नेपाली काग्रेसले पनि उसलाई विश्वासले उम्मेदवार घोषणा गरिदियो ।
२०७४ मा जनताको मन जित्न सफल श्रेष्ठलाई २०७९ मा वडा अध्यक्ष उठने मन थियो तयारी पनि त्यही अनुसारले गरेकी थिइन ।
तर पार्टीले उनलाई पुन वडा सदस्य दोहाराउन आग्रह गर्यो । त्यसलाई स्वीकारेर उनी दोस्रो कार्यकाल पनि वडा सदस्य निर्वाचित भइन ।
अघिल्लो कार्यकालमा वडा सदस्य भएर हरेक कार्यक्रममा गएपनि बोल्न डराउने श्रेष्ठलाई यो कार्यकालमा भने सभा सम्मेलनमा बोल्न सक्ने हिम्मत र आट आएको छ ।
आफना कुरा खुलेर राख्न सक्ने श्रेष्ठ भन्छिन –“यत्तिको हिम्मत र आट चाहि दलित महिला केन्द्र नेपालले गर्दा आएको हो । ”
तालिमहरु नपाउदा आफनो जिम्मेवारी थाहा नपाउदा बोल्न गर लाग्ने रहेछ, अहिले तालिमले वडाका हरेक बजेटदेखी लिएर विकासका हरेक कुरा थाहा पाएकी छु, त्यसले गर्दा बोल्न सहज भएको छ ।
व्युुटी सियन , अचार बनाउने देखी लिएर होलसेल व्यापारी सम्म हुदा उनले वडाका कामलाई पनि उत्तिकै प्राथमिकता दिएर आफनो जिम्मेवारी निर्वाह गरेकी छिन ।
अचार बनाउने तालिम उपलब्ध गराएर १६जना महिलालाई स्वरोजार बनाएकी श्रेष्ठले अर्केा आर्थिक वर्ष पनि नयाँ कार्यक्रम ल्याउने योजना बनाइरहेकी छिन ।
जनताका समस्या बुुझन घरदैलो सम्म पुुग्ने श्रेष्ठलाई २०८४मा वडाअध्यक्ष हुनका लागी योग्य भएको महसुस समेत भएको छ ।
उनी भन्छिन– “८ वर्षमा धेरै कुराको ज्ञान भयो, तालिमहरुले पनि थप सक्षम बनाएको महसुस भएको छ । ”
उनीमात्र होइन दोलखा भिमेश्वर नगरपालिकाका ९ वटा वडाका १६जना वडा सदस्यलाई आफनो जिम्मेवारी र वडाका हरेक गतिविधीको बारेमा राम्रो ज्ञान भएको छ ।
२०७८ सालदेखी दलित महिलाको क्षेत्रमा काम गदै आएकोमा २०७९ मा देखी निर्वाचित नगर सदस्यहरुलाई लक्षित गरी कार्यक्रम गदै आएको संस्थाका फिल्ड अधिकृत रविन्द्र घतानीले बताउनुुभयो ।

 

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.