मुम्बईमा बालिकाको मुद्दामा संलग्न रहेको आरोपमा २८ जना पक्राउ
3 वर्ष अगाडि | समदृष्टि अनलाइनभारतको मुम्बईमा प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी (ब्वाइफ्रेन्ड)ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए ।
त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ब्याकमेल गर्दै सामूहिक बलात्कार गर्दै आएका थिए । प्रहरीका अनुसार बालिकामाथि मुम्बईको डोम्बीवली, बदलपुर, मुरबाद र रबालेमा सामूहिक बलात्कार भएको थियो ।
बुधबार राति बालिकाले प्रहरीमा उक्त घटनाबारे उजुरी दिएकी थिइन् । एनडीटीभीका अनुसार बालिकाले यो घटनामा संलग्न रहेको भन्दै ३३ जनाको नाम लिएकी छिन् । उनीहरुमध्ये सबैजसोलाई बालिकाले चिन्थिन् ।
२०१२ को निर्भया सामूहिक बलात्कारको घटनापछि भारतमा बलात्कारको मुद्दामा कडा कानुनी व्यवस्था गरिएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...