भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

कालिञ्चोक गाउँपालिका–५ का चार सय पहिरो पीडित परिवारलाई खाद्यन्न बितरण

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का करिव ४ सय पहिरो पीडित परिवारलाई राहात स्वरुप खाद्यन्न बितरण गरिएको छ । लगातारको वर्षासँगै गैरहेको पहिरोबाट पीडित घरपरिवारलाई राहात स्वरुप १० लाख रुपैयाँ बरावरको खाद्यन्न सामाग्री बितरण गरिएको हो ।
पहिरोबाट पीडित प्रत्येक परिवारलाई १ बोरा चामल, दुई केजी दाल र एक लिटरका दरले तेल बितरण गरिएको लापिलाङ सामाजिक सेवा समितिका अध्यक्ष विवेक कुमार खड्काले जानकारी दिए । समितिका अध्यक्ष खड्कासहित सामाजिक अभियान्ताहरु विक्रम खड्का, सुशिल खड्का, वडा अध्यक्ष सुवास थामी लगायतले मंगलवार खाद्यन्न सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरे । राहात पाउनेमा पहिरोबाट घर क्षतिग्रस्त भएका, उच्च जोखिममा परी विस्थापित भएका, खेतीयोग्य जमिन क्षति पुगेका पीडितहरु रहेका छन् ।
उक्त राहात सामाग्री लापिलाङ सामाजिक सेवा समितिको अगुवाईमा काठमाण्डौंमा बिभिन्न दाताहरुबाट जुटाईएको हो । चाडपर्व नजिकिँदै गर्दा पहिरो पीडितहरुलाई राहात उपलव्ध गराईएको हो ।
अभियान्ता सुशिल खड्काका अनुसार उक्त राहात सामाग्री सहयोगी दाताहरु देश कुमार श्रेष्ठ, कृष्ण अधिकारी, बसन्त लामा, विक्रम खड्का, कुमार कार्की, सन्तोष ओझा, सूर्य न्यौपाने, अमर बहादुर बानिया, दिपक रेग्मी, उमेश गिरी, कृष्ण अधिकारी, रामेश्वर भट्टराई, राजन ओली, गणेश कुमार अग्रवाल, मुरारी तिम्सिना लगायतबाट सहयोग जुटाईएको हो । जिल्लाबासी समेत बसन्त लामा काठमाण्डौं स्थित वर्गर हाउसका संचालक हुन् भने काठमाण्डौंमा व्यवसाय गर्दै आएका विक्रम खड्का लापिलाङका स्थानीयबासी हुन् ।
यसैबीच नाम्सालिङ सामुदायिक विकास संस्थाले पनि पहिरो पीडितहरुका लागि ६५ बोरा चामल उपलव्ध गराएको छ । रानीवन भन्ने स्थानबाट सुरु भएको पहिरोले घट्टेखोला आसपास क्षेत्रको घरजग्गामा ठुलो क्षति पुर्याएको छ । तर सरकारले हालसम्म पहिरोबाट विस्थापित परिवारहरुको दिर्घकालिन पुर्नस्थापनाबारे ठोस निर्णय गरेको छैन ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.