भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

दोलखामा पहिलोपटक पशुपन्छी पेलेट दाना उद्योग पुर्ण रुपमा सञ्चालनमा

4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशको पहाडी जिल्ला मध्ये दोलखामा पहिलोपटक पशुपन्छी पेलेट दाना उद्योग पुर्ण रुपमा सञ्चालनमा आएको छ ।
संघीय, प्रदेश, स्थानीय सरकारको अनुदान सहयोग र सहकारीको लगानीमा निर्माण भएको उद्योगबाट दैनिक १२ टन दाना उत्पादन हुदै आएको छ ।
दोलखाको तामाकोशी गाउपालिका वडा नम्बर १ भिरकोट स्थित भिमेश्वर बहुउदेश्य सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उद्योग कोरोना संक्रमण फैलन सक्ने भन्दै गरिएको लकडाउन र रकम अभावका कारण २ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको हो ।
जिल्लामा नै दाना उद्योग सञ्चालनमा आएपछि दाना लिन चरिकोट, रामेछाप पुग्नुपर्ने बाध्यता हटेको र घरको दाना भन्दा यस दानाले पशुहरु पोषिलो हुन थालेको कृषकहरुको भनाई छ ।
करिब ३ करोड लगानीमा निर्माण भएको उद्योगमा संघीय सरकारको ३० लाख, प्रदेश सरकारको साढे ४२ लाख ,स्थानीय सरकारको १५ लाख गरी साढे ८७ लाख सहयोग गरेको हो भने बाकी रकम सहकारी मार्फत व्यवस्थापन गरी सञ्चालन ल्याएको हो ।
प्रदेश सरकार र स्थानीय सहकारीको ५०÷५० प्रतिशत लगानीमा निर्माण गर्ने भनी सम्झौता भएपनि प्रदेश सरकारले थप रकम नपठाउदा समस्या भएको सहकारीका अध्यक्ष श्यामकाजी कटुवालले बताउनुभयो ।

उद्योग सञ्चालनको लागी आवश्यक कच्चा पदार्थ तराईबाट ल्याइने गरेकोमा अब स्थानीय स्तरमा नै उत्पादन गर्नको लागी कृषकहरुलाई सहकारी मार्फत सहुलियत ऋण दिने व्यवस्था मिलाइएको अध्यक्ष कटुवालले बताउनुभयो ।
२१ रोपनी क्षेत्रफलमा सञ्चालित उद्योगबाट हाल गाई, भैसी, बगुर, बाख्राको लागी दाना उत्पादन हुदै आएको छ भने अब छिट्टै लेस कुखुराको लागी दाना उत्पादनको तयारी सहकारीले गरेको छ ।
उत्पादित दाना दोलखा जिल्ला भर विक्रि भइरहेको छ भने उद्योगमा १२ जना युवाहरुले रोजगारी समेत पाएका छन ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.