प्रयोग भएको मास्क व्यवस्थापन छैन् — कोरानाको जोखिम बढ्न सक्ने
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
तारादेवी बस्नेत,
कोरोना भाइरसको सङ्क्रमण पछि मास्कको प्रयोग व्यापक भएको छ । तर त्यसको प्रयोग पछिको व्यवस्थापन भने देखिदैन् जसको कारण कोरोना संक्रमणको जोखिम झन बढ्दै गएको पाईन्छ । मास्कको प्रयोग पछि त्यसलाई विभिन्न ठाउँमा अव्यवस्थित ढङ्गले मिल्काएको कारण जोखिम झन बढेको सरोकारवालाहरुको भनाई छ । कोरोना संक्रमणबाट बच्न प्रयोग भएको मास्क कसैले फोहोरको डंगुरमा त कसैले सडकपेटी र गल्लीमा फाल्ने गरेको भीमेश्वर नगरपालिकाको कुचिकार रुपा मुङग्रातीले वताईन् उन्ले भनिन् “जथाभावि मास्क फालिएको कारण जोखिम वढ्न सक्ने छ । ”सरकारले कोरोना रोकथामको लागि निशेधाज्ञा समेत जारी गरेको अवस्थामा नागरिक आफै सचेत नहुदा प्रयोग भएका मास्ककै कारण समेत संक्रमण फैलने सम्भावना देखिएको छ । सबै कुरा सरकारको प्रयासल ेमात्र सम्भव नहुने भएकोले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिक आफुले पनि प्रयोग गरिएका मास्क सहित रुपमा व्यवस्थापन गर्नु पर्ने बृद्धि बहादुर कार्कीले वताए । आफु संक्रमणबाट बच्न र अरुलाई आफ्नो कारणले समस्या नहोस भन्न सबैले मास्क प्रयोग गर्नु पर्ने हुन्छ । प्रयोग भएको मास्कको भित्री भागमा थुक, ¥याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ त्यसैले प्रयोग भै सकेको मास्कको ठिक ढङ्गले व्यवस्थापन गर्नु जरुरी हुन्छ । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले वताए । आफुले प्रयोग गरेका मास्कहरु जथाभावि फाल्दा त्यसले अरु मानिस र स्वयम आफैलाई समेत संक्रमणको जोखिम बढाउने तथ्यलाई आत्मसाथ गर्दै प्रयोग गरिएको मास्कको सहि व्यवस्थापनमा आफु पनि सर्तक रहने र अरुलाई पनि सचेत गराउने अभियानमा हामी सबै सहभागि भयौ भने कोरोना संक्रमणको जोखिमबाट बच्न धेरै हदसम्म सहयोग स्वास्थ्य कर्मीहरुको भनाई रहेको छ ।खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगाएतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा वगेर संक्रमण फैलन सक्ने, जलचरहरु प्रभावित हुन सक्ने चरिकोट अस्पतालक प्रमुख डाक्टर विनोद दंगालले भनाई छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समय सम्म बस्छ। आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा ध्यान दिएमा संक्रमण फैलनबाट धेरै हद सम्म बच्न सकिने डाक्टर दंगालले वताए ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...