भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

अनेमसंघ कालिञ्चोकको अध्यक्षमा तारा शिवाकोटी

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

अखिल नेपाल महिला संघ कालिन्चोक गाउँपालिका दोलखाको प्रथम सम्मेलन तथा प्रशिक्षण कार्यक्रमसम्पन्न भएको छ । सम्मेलनले रमा शिवाकोटीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा कविता थामी,सह–सचिवमामा पार्वती खड्का,कोषाध्यक्षमा भानुदेवी नेपाली लगायत सबै पदाधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको गाउँपालिका अखिल नेपाल महिला संघ कालिञ्चोक गाउँपालिकाले जनाएको छ ।
अनेम संघ केन्द्रीय सचिवालय सदस्य शान्ति पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेम संघ दोलखाकी अध्यक्ष कमला वस्नेत,अनेम संघ दोलखाका नेतृहरु छलिमाया थामी, लक्ष्मी शिवाकोटी,सुमित्रा शंकर,नेकपा एमाले संगठन कमिटीका सचिव होम थामी,सदस्यहरु नन्दराज शिवाकोटी,सुवास थामी, युवासंघ नेपाल कालिन्चोकका संयोजक दिपक राउत लगायतले समसामयिक विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
अखिल नेपाल महिला संघले दोलखाका गाउँपालिकामा अनेमसंघको सम्मेलन कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल भीमेश्वर नगरपालिका,गौरीशंकर गाउँपालिका,जिरी नगरपालिकामा सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अनेमसंघ जिल्ला सचिव गायत्री आर्चायले जानकारी दिनुभयो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.