संस्कृति जोगाउँदै क्याम्पस
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशंकर बहुमुखी क्याम्पस दोलखाले विजया दशमीको अवसरमा शुभ कामना आदान प्रदान तथा पिङ उद्घाटन कार्यक्रम एक साथ सम्पन्न गरेको छ । क्याम्पस परिसरमा बनाइएको लिङ्गे पिङ खेल्दै प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले उद्घाटन गर्नु भएको हो । उद्घाटनसंगै शुभकामना आदान प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले सामाजिक र साँस्कृतिक एकताको पर्व दशैमा खेलिने लिंगे पिङ हराउदै गएको समयमा परम्परा र संस्कृति जोगाउने कार्य क्याम्पसले गरेको भन्दै खुसी प्रकट गर्नुभयो । क्याम्पसले सामाजिक साँस्कृतिक दायित्व पूरा गरेकोमा धन्यवाद दिनुभयो । लिङ्गे पिङ नेपाली संस्कार भएकाले सामाजिक पहिचान,चिनजान,भेटघाटसंगै सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी निरौलाले क्याम्पसलाई थप नमुना बनाउन सुझावसमेत दिनुभयो । पिङ उद्घाटन तथा शुभ कामना आदान प्रदान कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले संस्कार र संस्कृति जोगाउँदै क्याम्पसको थप पहिचानका पिङ व्यवस्थापन गरेको बताउनु भयो । संस्कार र संस्कृति हराउँदै गएको वर्तमान समयमा मौलिकता जोगाउन क्याम्पसले पिङको स्थापना गरेको जानकारी दिनुभयो । शहरी क्षेत्रमा मात्र नभएर पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत पिङ हराउँदै गएको छ । मानिसहरुको व्यस्त जीवनशैली अनि दशैं मनाउने नयाँ तरिकाले मौलिक लिंगेपिङ बिस्थापन हुन थालेको समयमा यसको संरक्षणका लागि क्यम्पसले संस्कृति बचाउने कार्यको थालनी गरेको धारणा राख्नुभयोे । शसस्त्र प्रहरी बल १८ नं गुल्म,नेपाली सेना र गौरीशंङ्कर बहुमुखी क्याम्पसको सहकार्य तथा ब्यवस्थापनमा पिङ हालिएको सहायक क्याम्पस प्रमुख सुवास रिमालको भनाई छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकराज निरौला,तारादल गणका गणपति अनिल केसी, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज निरौला,शसस्त्र प्रहरीबल १८ गुल्मका प्रहरी नायब उपरीक्षक बुद्धिनारायण महर्जन लगायत क्याम्पसका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
दशैंको समयमा एकपटक भए पनि भुईं छोड्नुपर्ने मान्यताअनुसार पिङ खेल्ने चलन रहेको विश्वास गरिन्छ । वर्ष दिनमा एकदिन विजया दशमीको टिका लगाएर घर्ती छाड्नु पर्छ भन्ने भनाई भएकोले नै दशैमा पिङ खेल्ने गरिन्छ । द्वापर युगमा कृष्ण भगवानले पनि गोपिनीहरुसँग पिङ्ग खेलेका थिए भन्ने गरिन्छ । असत्य माथि सत्यको विजयको चाड दशैं भएकोले हर्षोउल्हासको लागि पिङ्ग खेल्ने गरिन्छ । यसरी पिङ्ग खेल्नु धार्मिक तथा एतिहासिक र साँस्कृतिक महत्व रहेको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...