मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासिन्धुपाल्चाेक – गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगाएको छ ।
गएको असार १ को बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर त्यहाँबाट मोटरबाटो बनाइएकोे थियो । तर गएराति ठूलो पानी परेकाले अस्थाई पुल बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० सँगको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिकाको पुरै र ईन्द्रावती गाउँपालिको केही क्षेत्रमा पनि सडकसँगको सम्पर्क टुटेको छ ।
यस्तै, मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण यो सडकसमेत अवरुद्ध भएको छ । गएको असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर गाडको आवतजावत खुलाइएको थियो । याे समाचार उज्यालाे अनलाइनबाट साभार गरिएकाे हाे ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...