जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १६ औ वार्षिक साधारण सभा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता आज सम्पन्न भएको छ । वार्षिक साधारण सभाको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले एक कार्यक्रममा विच उद्घाटन गर्नु भएको थियो । आफनो वार्षिक साधारण सभाको अवसरमा संघमा आवद्ध भएका मध्ये उत्कृष्ठ सहकारी संस्थाहरु सिर्जना बचत तथा ऋण सहकारी संस्था, जुनतारा कुषि सहकारी संस्था, परोपकार महिला सहकारी संस्था, भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था, जनसचेतन बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ भने वैतेश्वर गाउँपालिकमा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थालाई प्रविधिका सामाग्रीहरु प्रदान गरिएको छ । संघले उत्कृष्ट व्यवस्थापनकको रुपमा आनन्द दायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक तारा बहादुर बस्नेत,उत्कृष्ट कर्मचारीहरु मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका इन्दिरा दाहाल र जनमुखी बचत तथा ऋण सहकारी संस्थाका नकुल घिमिरेलाई सम्मान गरेको छ । सहकारी अभियन्ता पुरस्कार बागमती प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दाहाललाई प्रदान गरिएको छ । त्यसैगरि एशियाली ऋण महासंघद्वारा पुरस्कृत हुनु हुने सहकारी अभियान्त यज्ञराज्ञ ढुङगेललाई बधाई ज्ञापन गरेको छ । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलगाइको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, बागमति प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहाल, संघका सहकारीका सल्लाहकार रामदास श्रेष्ठ ,हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अधअध्यक्ष राजन श्रेष्ठ ,सहकारी अभियन्ता यज्ञराज ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका उपाध्यक्ष जगतप्रसाद सुवेदी,संघका उपाध्यक्ष देवीप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो ।
हाल जिल्लामा रहेका ५ सय दुई वटा सहकारी संस्थाहरु मध्ये ४ सय ३४ वटा सहकारी संस्थाहरु संघमा आवद्ध रहेका छन् । संघले गत आर्थिक वर्ष २०७७÷०७८को असार मसान्त सम्म ५० करोड ७३ लाख लाख ४३ हजार ८३ रुपैयाँ ५४ पैसा रहेको जानकारी गराईएको छ भने संघको लेखा सुपरिवेक्षण समितिका सदस्य विकास चौलागाईंले लेखा सुपरिवेक्षण समितिका प्रतिवेदन प्रस्तुत गर्नु थियो ।
यसैबीच
राष्ट्रिय सहकारी बैंकले दोलखाका दुई वटा सहकारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १७ वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था र नियमीत कारोबार गर्ने नेपाल बचत तथा ऋृण सहकारी संस्थाको फिल्ड कार्यालय दोलखालाई सम्मान गरेको हो । सम्मानित हुने संस्थालाई बैंकका अध्यक्ष केवि उप्रेतिले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । बैंकले यस वर्ष पनि उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको वंंैकका प्रमुख हेमन्त चौलगाईले जानकारी दिनुभयो
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...