भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

मिलिजुली सहकारीको साधारण सभा औपचारिक रुपमा सम्पन्न

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता


दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारीको २८ औ बार्षिक सभाको निर्णय प्रमाणित तथा समापन कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले एक कार्यक्रमका विच कार्यक्रम उद्घाटन गर्नु भएको थियो । संघले क्षेत्रगत रुपमा साधारण सभा गरि सकेपछि सभाको निर्णय प्रमाणित कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ, संस्थाका उपाध्यक्ष सरुणा बस्नेत लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो । सहकारीले वार्षिक उत्सवको अवसरमा पुर्व सञ्चालकहरु नवराज न्यौपाने, हरिहर न्यौपाने, योगदानकर्ताहरु सुरेश राउत, नारायण शिवाकोटीलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट सेवा केन्द्र बाघ खोर सेवा केन्द्र, वर्ष उत्कृष्ट बचतकतार्, प्राप्ती खड्का, वर्ष उत्कृष्ट करारोबार कर्ता मुना कार्की, उत्कुष्ट दैनिक बचतकर्ता डुक्पा तामाङ, उत्कुट मासिक बचतकर्ता रामकुमार गुरुङ, उत्कृष्ट शेयर खरिदकर्ता जानुकी खड्का लगायत विभिन्न विधामा संस्थाका शेयर सदस्यलाई नगद सहित सम्मान गरिएको छ । त्यसैगरी सहकारीले उत्कृष्ट कर्मचारीहरु रजिना चौलागाईं, रामेश्वर खडका र पूर्व कर्मचारी निर्मला शिवाकोटीलाई पनि नगद सहित सम्मान गरेको थियो ।२०५० साल भदौ ७ गतेबाट सञ्चालन भएको सहकारीमा हाल ४४ जना कर्मचारी रहेका छन् भने ९ वटा सेवा केन्द्र मार्फत सहकारीको जिल्ला कार्यक्षेत्र रहेको छ

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.