आफैं निसाफ खोज्दै सर्वोच्च अदालत
4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको जेजस्तो अवस्थामा जेजसरी राजीनामा माग्ने क्रम बढ्दै छ, त्यसले गर्दा भुइँतहमा यी जिज्ञासा व्याप्त हुनु स्वाभाविक हो— सर्वोच्च अदालतको नेतृत्व आज सडकको विषय किन बन्यो ? वा, सडकमा माग्दैमा राजीनामा दिए न्यायपालिकाको शिर उठ्छ कि झुक्छ ? यस्तो दबाबले भोलि अदालतभित्रको सामञ्जस्य टिक्छ कसरी ?स्वच्छ न्यायपालिका भनेको बहुआयामिक विषय हो, सफाइ सर्वोच्च अदालतका केही न्यायाधीशले मात्र गरेर पुग्दैन । हो, सर्वोच्च अदालत यतिखेर अंकगणितको बन्दी भएको छ । सिक्का चित पल्टिए प्रधानन्यायाधीशले हार्ने र पट उघ्रिए अदालतले जित्ने समीकरणका थुप्रै सीमितता हुँदाहुँदै यस्तो अत्यास लाग्ने अवस्था आइपुगेको छ । विभाजित दृष्टिकोणको जटिलताबाट लोकतान्त्रिक अभ्याससमेत अछुतो रहन सक्ने सम्भावना दिनानुदिन क्षीण हुँदै गइरहेको छ ।
न्यायको अवधारणा शाश्वत र सर्वव्यापी छ । मानवीय मूल्यहरूमा यसको सर्वोच्च स्थान छ । यसको खोज र प्राप्तिलाई राजनीति विज्ञानको मूल लक्ष्य मानिन्छ । यसैले त लोकतान्त्रिक समाज निर्माणका आधारभूत सर्तहरूमा सामाजिक न्याय, आर्थिक न्याय र राजनीतिक न्यायलाई स्वीकार गरिएको छ । यहाँ सामाजिक न्याय बन्धुत्व, आर्थिक न्याय समानता र राजनीतिक न्याय स्वतन्त्रताको आदर्शका रूपमा रहेका छन् । न्यायको अवधारणा सामाजिक व्यवस्थालाई नियन्त्रित गर्ने आन्तरिक शृंखला हो, यसले व्यक्तिलाई बाह्य दबाबहरूबाट रक्षासमेत गर्छ ।
लोकतन्त्रात्मक संरचना निर्माणसँगसँगै न्यायप्राप्तिलाई समाजको आवश्यक अंग मानिन्छ । न्यायको सिद्धान्त अन्याय, हिंसा, शोषण, भेदभाव र दमनविरुद्ध हुन्छ । यसैले लोकतान्त्रिक व्यवस्था र न्यायको अवधारणाको कार्यान्वयन सहगामी हुन्छ । संविधानले निर्दिष्ट गरेको संवैधानिक प्रणालीको विन्दुमा आइपुगेको भए पनि अझै हामी संक्रमणकालीन अवस्थामा छौं । यो समय धेरै किसिमबाट चुनौतीपूर्ण छ ।यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...