४ वर्षदेखिअलपत्र परेको वृद्धाआश्रम निर्माणको काम अन्तिम चरणमा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा ४ वर्षदेखिअलपत्र परेको वृद्धाआश्रम निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
अर्थ मन्त्रालयले रोकेको बजेट पठाएपछि रकम अभावका कारण बन्द भएको वृद्धाआश्रमको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
दोलखाको शैलुङ गाउपालिका वडा नम्बर ७ चरङे खोलाको तिरमा निर्माण भइरहेको वृद्धाआश्रम निर्माणको काम रकम अभावका कारण वर्षदेखी रोकिएको थियो ।
अर्थ मन्त्रालयले रोकेको १ करोड ३५ लाख २०७८ वैशाख अन्तिममा प्राप्त भएपछि अलपत्र रहेको भवनमा झयाल ढोका राख्नेदेखी भित्री भागको प्लाष्टरको काम सम्पन्न गरेको चर्णावती त्रिवेणी विकास तथा प्रवद्धर्न संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनुभयो ।
संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा निर्माण भइरहेको वृद्धाआश्रमको ३ तल्ले भवनको काम बजेट प्राप्त भएपछि ४ महिनामा सम्पन्न भएको हो ।
यसअघि संघीय सरकारबाट प्राप्त १ करोड ६१ लाख रकम संरचना निर्माणमा खर्च भएको थियो भने मन्त्रालयबाट थप प्राप्त १ करोड ३५ लाख रकम मध्ये ठेकेदारलाई दिनुपर्ने ६२ लाख रकम भुक्तानी दिएपछि कामले तिव्रता पाएको हो ।
यसअघि भुक्तानी नपाएको भन्दै ठेकेदारले काम रोकिदिदा वृद्धाआश्रमको भवनको काम अलपत्र परेको थियो ।
त्यस्तै बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ३ आर्थिक वर्षमा प्राप्त ७ लाख रकमले कम्पाउण्ड घेर्ने, ट्रष्ट सहितको छाना लगाउने काम सम्पन्न गरेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
त्यस्तै स्थानीय सरकारबाट प्राप्त १० लाख रकमले निर्माण सामग्री खरिद गरेको संघले जनाएको छ ।
आश्रमको लागी आवश्यक फर्निचर, खाना बस्नको लागी आवश्यक सामग्री खरिदकोे लागी अझै रकम अभाव रहेको संघले जनाएको छ ।
वृद्धाआश्रम निर्माण भएपनि यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ ।
सम्बन्धित स्थानीय तह बाहेक अन्य स्थानीय तहले आर्थिक सहयोग नगर्दा दीर्घकालिन रुपमा सञ्चालनमा समस्या रहेको संघका सदस्य एवम महिला अधिकारकर्मी सिर्जना कार्कीले बताउनुभयो ।
५ रोपनी क्षेत्रफलमा निर्माण भएको ३७ कोठे ३ तल्ले भवनको कुल खर्च ३ करोड ८० लाख रहेको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...