भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

३५० वर्ष पुरानो नाच जसमा राजा स्वयं नाच्न आउँथे

4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

विद्यामा दक्ष हरिवंश राजोपाध्याय र मन्त्रमा दक्ष विश्वनाथ राजोपाध्याय पाटनका राजा सिद्धिनरसिंह मल्लका गुरू थिए। सिद्धिनरसिंहका उनै दुई गुरूको ‘कात्तिक नाच’ सिर्जनामा प्रमुख भूमिका थियो भन्ने कथन ‘नृपविनोद काव्य’ मा पाइन्छ।

साढे तीन सय वर्षभन्दा पुरानो यो नाच बुधबारबाट पाटन, मंगलबजारको कात्तिक डबलीमा प्रदर्शन हुँदैछ।

राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।

दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।

तेस्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई ‘कात्तिक नाच’ भनियो।

‘नेपाल संवत् १०७० (विसं २००७) अघिसम्म यो नाच प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी महिनादिन नचाउने परम्परा थियो,’ ललितपुर महानगरपालिकाले निकालेको किताब ‘ललितपुर र कात्तिक नाचको पृष्ठभूमि’ मा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्, ‘पछि यो नाचमा शिथिलता देखा पर्न थालेको छ।’

राजाका पछिल्ला पुस्ताले नयाँ नयाँ कथा थपेर बढाउँदै लगेको नाचलाई अहिलेका मान्छेले भने अभिवृद्धि गर्दै लग्न सकेका छैनन्। बरू भएका दिन पनि घटाउँदै जार्ने क्रम बढेको छ।

२००७ सालअघिसम्म यो नाच छेभडेल अड्डाबाट सञ्चालन हुने गर्थ्यो। यसमा भाग लिने सहभागीहरू (गायक, वाद्यवादक, नृत्य र नाटक कलाकार) को संख्या २ सय ८० सम्म पुगेको थियो। पछिल्लो समय नाचको परम्परा वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य प्रदर्शनमा मात्र सीमित छ।

कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि कुनै वर्ष ८ दिन र कुनै वर्ष १० दिनसम्म प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी सार्वजनिक रूपमा प्रदर्शन हुँदै आएको छ,’ सत्यमोहन जोशीले लेखेका छन्।

कात्तिक नाच हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट सुरू हुन्छ। पछिल्लोपटक यो नाच प्रदर्शन हुँदा कोरोना कारण दुई दिन मात्र देखाइएको थियो। यस वर्ष आठ दिन देखाइने जानकारी समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले दिए। कोरोनाले नाच तयारी गर्ने समय कम भएको उनले बताए।

‘कात्तिक नाचको उद्देश्य देशमा विध्नवाधा रोक्नु र शान्ति, सुस्वास्थ्य कायम राख्नु हो,’ शाक्यले भने, ‘यसले जनतालाई मनोरञ्जन दिनुका साथै धार्मिक, नैतिक र समाजिक ज्ञान पनि दिन्छ।’

आठ दिनसम्म देखाउन लागिएको कात्तिक नाचमा कस्ता-कस्ता कथा हेर्न पाइन्छ भनेर हामीले शाक्यसँग कुराकानी गरेका छौं।

१. कात्तिक २४ गते – सुदामा प्याखँ

यो नाचमा भगवान कृष्ण र उनका साथी सुदामाको कथा देखाइनेछ। सुदामा गरिब भए पनि भगवान कृष्णसँग उनको घनिष्ठ मित्रता हुन्छ। दुवैको प्रेमपूर्ण सम्बन्ध यो नाचमा देखाइने छ।

बाल्यकालदेखिको साथी भए पनि सुदामा जवान हुँदै जाँदा लोभी हुँदै जान्छन्। मान्छे लोभी हुँदै गयो भने दरिद्रता पनि भोग्नुपर्छ भन्ने सन्देश यो नाचले दिन्छ। यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.