भीमेश्वरको मन्दिरबाट मूर्ति चोरी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वरको मन्दिरबाट मूर्ति चोरी भएको भीमेश्वर मन्दिर पुजा तथा गुठी व्यवस्थापन समिति दोलखाले जनाएको छ । राति करिब ११ बजेर १८ मिनेटको समयमा मन्दिरको परिसरमा च्यानल गेटबाहिर रहेको सरस्वतीको शीलाको मूर्ति चोरी भएको सिसिटिभीमा देखिएको भीमेश्वर मन्दिर पुजा तथा गुठी व्यवस्थापन समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा नियमित शुभारम्भ पूजा गर्ने क्रममा बिहिबार विहान ५ बजे मन्दिरका पूजारीले मूर्ति चोरी भएको थाहा पाएपछि सरोकारवालालाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरिएको र सिसिटीभीले कैद गरेको भिडियोबाट चोरी कार्यमा संलग्न व्यक्तिको पहिचान गर्न सजिलो हुने भएकोले सिसिटीभीको भिडियो जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो । २०५१ सालमा मन्दिरको जिर्णोदारको बेला राखिएको सरस्वतीको मूर्ति चोरी भएको हो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...