दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि,
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा, कात्तिक २५ । नेकपा एमाले दोलखाले दशौं राष्ट्रिय महाधिवेशनका लागि दोलखाबाट भुगोल र दलित तर्फका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङ नेतृत्वमा बनेको सहइञ्चार्ज रचना खडका र जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल सदस्य रहनुभएको समितिको लामो गृहकार्यपछि भूगोल र दलिततर्फको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको हो ।
एमालेले कात्तिक २७ गते देशभर एकैपटक महाधिवेशन प्रतिनिधि चयनको मिति तोकेको छ । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भैपछि आज उम्मेद्वारी दर्तामा रहेका आकांक्षीबीच बैठक गरी ९ ओटै पालिकामा भूगोलतर्फ सर्वसम्मत बनाइएको हो । जसअनुसार भुगोलतर्फ भीमेश्वर नगरपालिकाबाट भरत बहादुर केसी, जिरी नगरपालिकाबाट मित्र जिरेल, तामाकोसी गाउँपालिकाबाट जिवस खड्का र मेलुङ गाउँपालिकाबाट नरबहादुर श्रेष्ठ चयन हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
यसैगरी बैतेश्वरबाट हेमन्त चौलागाईं, शैलुङ गाउँपालिकाबाट धनबहादुर तामाङ, कालिञ्चोक गाउँपालिकाबाट बालकृष्ण शिवाकोटी, विगु गाउँपालिकाबाट ठुला थामी र गौरीशंकर गाउँपालिकाबाट सुभ शेर्पा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएकोछ । समितिका अनुसार दलिततर्फ टेक घतानी र सुन्दर विक सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यसैगरी महिलातर्फ शान्ति पाख्रिन, कालिका पाठक, उर्मिला थामी, कमला बस्नेत, शान्तिकुमारी तामाङ, गायत्री आचार्य र गोमा केसी चयन हुनुभएको छ ।
बाकी रहेको खुल्ला तर्फको पाँच जना पनि सहमतिको प्रयास भइरहेको छ। आज सार्वजनिक सुची अनुसार नेकपा एमाले दोलखामा १५ हजार पाँच सय २३ जना मतदाता रहेका छन । जसअनुसार भूगोल ९, महिला ७, खुला ५ र दलित दुई गरी २३ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । एमाले महाधिवेशनमा दोलखाबाट चार जना पदेन प्रतिनिधि हुनेछन । केन्द्रीय कमिटी सदस्य राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रहने प्रावधान अनुसार आनन्द पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल र रचना खड्का स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुनेछ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...