परोपकार सहकारीको साधारण सभा
4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताकात्तिक २७
दोलखा सदरमुकाम चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सर्मिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव अप्सरा चौलागाईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्रृजना न्यौपानेले १२ करोड ३५ लाख ७०हजार ५ सय रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका महासचिव जिवस राज खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाले आफनो वार्षिक साधारण सभाको अवसरमा जेष्ठ सदस्य राजमाया श्रेष्ठ, उत्कृष्ट दैनिक ऋण कारोबार सदस्य रसिका श्रेष्ठ, उत्कृष्ट मासिक बचत कर्ता स्वस्थानी बुढाथोकी, उत्कृष्ट दैनिक बचत कर्ता जगतकुमारी श्रेष्ठ, उत्कृष्ट ऋणी राधिका पौडेल, बाल बचतकर्ता प्रज्ना बस्नेत र उत्कृष्ट कर्मचारी प्रमिला बस्नेतलाई नगदसहित प्रमाण पत्रले सम्मान गरेको थियो । संस्थामा हाल एक हजार ७ सय ५१ जना सेयर सदस्य आबद्ध रहेका छन् भने ३ सय २७ जना बाल बचतकर्ता रहेका छन् । संस्थाले आफनो शेयर सदस्यहरुलाई विभिन्न बचत तथा ऋणका सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले समय समयमा विभिन्न सीपमुलक तालिम र मानव संशाधन नीतिमा भएको व्यवस्था अनुरुप सेवा प्रदान गर्दै आएको पाईएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...