स्थानीयको संघर्षमा जनप्रतिनिधिको साथ
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासडकमा भएको ढिलासुस्ति विरुद्ध दोलखाका स्थानीयले सुरु गरेको संघर्षमा निर्वाचित जनप्रतिनिधिहरुले साथ दिएका छन् । सोमवार मूडे– चरिकोट सडक खण्ड रहेको भीमेश्वर नगरपालिकाको पाँच वटा वडाका अध्यक्षहरुले संघर्षमा र्एक्यवद्धता जनाउदै संघर्ष समितिको सदस्य भएका छन् ।
सोमवार भीमेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा भएको सर्वदलिय÷सर्वपक्षिय भेलाले चिरञ्जीवी मास्केको संयोजकत्वमा रहेको संघर्ष समितिलाई विस्तार गर्दै वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, वडा नम्बर ७ का वडा अध्यक्ष कैलाश श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष नकुल केसी, वडा नम्बर ९ का वडा अध्यक्ष चित्रबहादुर भुजेल, वडामा रहेको राजनीतिक दलका वडा कमिटीका प्रमुख, बिभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानियको सहभागिता रहेको ५ सय १ सदसिय समिति निर्माण गरेको छ ।
भेलाले आगामी मंसिर ४ गते दोलखाबाट प्रत्यक्ष निर्वाचित तथा समानुपातिकमा रहेको संघीय एवं प्रदेश सांसदहरुसंग सडकको दुर्दशाको विषयमा छलफल गर्ने, मंसिर ५ गते वडा तहमा समेत संघर्ष समिति निर्माण गर्ने र मंसिर ६ गते वडा तहमा गठन भएको संघर्ष समितिको समेत सहभागितामा बैठक बसि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।। समितिले सोमवारनै संघर्षको कार्यक्रमबारे प्रमुख जिल्ला अधिकारी टेकराज निरौला र आयोजना प्रमुखलाई जानकारी गराएको थियो ।
यस अघि संघष समितिले कार्तिक २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटो सहितको सरकार‘।।मूडे– चरिकोट सडक कैले बनाउछस् रु हाम्रो विचल्ली कैलेसम्म टुलुटुलु हेर्छस रु लेखिएको पोष्टर सार्वजनिक यातायातका साधनमा टाँसेर विरोध गरेको र कार्तिक २८ गते भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा तालाबन्दि गरेको थियो । तालाबन्दिको क्रममा संघर्ष समितिको संयोजक चिरञ्जीवी मास्के, सहसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी तथा सदस्यहरु श्याम खतिवडा, श्रृजन घिमिरे, अर्जुन कार्की र राजन वस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई केहिसमय पछि रिहा गरेको थियो ।
एक्जिम बैङ्क अफ इन्डियाको सहयोगमा २०७२ सालमा स्तर उन्नतिको काम सुरु भएको सडक निर्माण दुई बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तर ६ बर्षमा पनि काम सम्पन्न नभएपछि स्थानियले विगत केहि बर्ष देखि संघर्ष गर्दै आएका छन् । स्थानीयले लामोसमय देखि सडक स्तरउन्नतीको काम तत्काल सक्न दवाव दिदै आएपनि सुनवाई नभएकोले यो पटक जनप्रतिनिधि समेत संघर्षमा सहभागी भएका हुन् । ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...