भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

गौरीशंकर बहुमुखी क्याम्पसमा एम.वि.एस कार्यक्रमको उद्घाटन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता


गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखामा व्यवस्थापन संकाय एम.वि.एस कार्यक्रमको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम एक साथ सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले पुरानो शिक्षण पद्धतिले शैक्षिक सुधार नहुने धारणा राख्नुभयो । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखामा व्यवस्थापन संकाय एम.वि.एस कार्यक्रमको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थी सक्रिय बनाउन सहभागीतामूलक शैक्षिक कार्यक्रममा ध्यान दिन सुझाव दिनुभएको हो ।
“संसारमा त्यस्तो शिक्षा छैन जहाँ नपढी पास हुन सकिँदैन,समयलाई सदूयोग गरी आफूलाई सुधार्ने प्रतिवद्धता गर्नुस् करिअरको जिम्मा म लिन्छु, डिन शर्माले विश्वस्त पार्नुभयो । सेमेस्टर प्रणालीको आवश्यकता र कार्यान्वयनका विषयमा जानकारी दिदैं देशका लागि योग्य जनशक्ति बनेर देश चलाउन समेत सहभागी विद्यार्थीलाई सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै डिन शर्माले शैक्षिक गुणस्तरका लागि कुनै सवालमा नअल्झिन पनि सुझाउनु भयो । क्याम्पसको समग्र विकासको लागि डिनको कार्यालय क्याम्पसको साथमा रहने प्रतिवद्धतासमेत गर्नुभयो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरले हिमाली जिल्लाको नमुना क्याम्पस बनाएर जाने उद्घोष गर्नुभयो । वौद्धिक र दक्ष व्यक्ति जन्माउने थलोको रुपमा क्याम्पसलाई विकास गरी यो माटोलाई परिवर्तन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।त्यसैगरी क्याम्पस प्रमुख शान्तबहादुर केसीले १६ वटा हिमाली जिल्लाका ५६ वटा सामुदायिक क्याम्पसमध्ये स्थापना, विद्यार्थी संख्या र स्रोतसाधनका आधारमा गौरीशंकर बहुमुखी क्याम्पस पहिलो नम्बरमा रहेको स्मरण गराउनुहुँदै यसको गरिमा कायम राख्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा क्याम्पस प्रशासन अहोरात्र लागिरहेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन संकाय विभाग प्रमुख सुवास रिमालले व्यवस्थापन संकायका सम्भावना,अवसर र चुनौति लगायत विभागीय विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सन्दर्भ पारेर क्याम्पसका सहायक प्राध्यापक एवं व्यवस्थापन संकाय सदस्य विक्रम कार्कीले व्यवस्थापन संकायका विषयमा जानकारीमूलक सामग्री प्रस्तुत गर्नुभएको थियो ।
भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष एवं क्याम्पस सञ्चालक समितिका सदस्य नविन लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समिति,क्याम्पसका सहायक प्राध्यापक,एमविस प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
देशभरका विभिन्न विश्व विद्यालय अन्तरगत रहेका १ हजार ३ सय ८५ क्याम्पस मध्ये ८६ विश्व विद्यालय अनुदान आयोगको त्तब्ब् प्रक्रियामा सहभागी भइ पहिलो चरणको प्रक्रियामा छनौट भएका छन् । देशभरीका उक्त क्याम्पस मध्ये त्तब्ब् ९गुणस्तर सुनिश्चितता प्रमाणपत्र०अनुदान लिनको लागि गौरीशंकर क्याम्पस पनि प्रक्रियाको अन्तिम चरणमा रहेको छ ।
दोलखाकै पहिलो र अग्रणी क्याम्पसको रुपमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तह९अग्रेजी,नेपाली र शैक्षिक योजना र व्यवस्थापन०,स्नातक तहमा मानविकी,शिक्षा शास्त्र र व्यवस्थापन संकाय र कक्षा ११ र १२ गरी हाल १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.