पाच सय वर्ष पुरानो जात्रा निकाल्ने कुमारी घर पुननिर्माणमा जुटदै स्थानीय
4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातापाच सय वर्ष पुरानो जात्रा निकाल्ने कुमारी घर पुनपाच सय वर्ष पुरानो जात्रा निकाल्ने कुमारी घर पुननिर्माण हुन नसकेपछि स्थानीयहरु श्रमदा गरी निर्माणमा जुटेका छन ।
प्राचीन शहर दोलखाको दोलखा बजारमा भुकम्पपछि भग्नावेशमा परिणत भएको कुमारी घर ६ वर्षसम्म पनि पुननिर्माण हुन नसकेपछि स्थानीयले श्रमदान गरी निर्माण गरेका हुन ।
स्थानीयको ४३ लाख र वडा कार्यलयको १४ लाख गरी ५७ लाखको लागतमा निर्माणधीन उक्त घरका लागी अझै रकम जुटाउने काम भइरहेको स्थानीयको भनाई छ
रकमसंगै झयालढोका समेत सहयोगी मार्फत जुटाएका स्थानीयले जम्मा लागत करिब १ करोड लाग्नेमा अझै रकम अभाव भइरहेको बताउदै आएका छन ।
मल्लकालिन कला कौशललाई झल्काउने गरी परम्परागत नेवारी शैलीका बुट्टाका झयाल ढोकाहरु हालेर निर्माण गरेको स्थानीयको भनाई छ ।
भुकम्पले कुमारी घर भत्किएपछि भैरव र कुमारीको मुर्तिलाई अस्थायी टहरा निर्माण गरी राखिएको वडा अध्यक्ष विराज श्रेष्ठले बताउनुभयो ।
भिमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा स्थित टसिचा टोलमा निर्माण भइरहेको उक्त भवन निर्माणपछि पुजा विधि गरी मुर्तिलाई सो स्थानमा ल्याई राखिने स्थानीयले बताएका छन ।
गाइजात्राको भोलिपल्टदेखी ५ दिनसम्म मनाइने भैरवकुमारी जात्रा निकाल्न कुमारी घर प्रयोग हुदै आएको छ ।
५ सय वर्ष पुरानो मानिने सो जात्रा दोलखा बाहेक देशको अन्य ठाउमा नदेखाइने स्थानीयको दावी छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...